Saturday, May 18, 2013

उर्मिला अर्याललाई ओलीको प्रश्न-जति खाँदा पनि पुगेन ?

४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले उर्मिला अर्यालको
एमाओवादी प्रवेशलाई हरियो रुखबाट एक-दुई पहँलो पात खसेको संज्ञा दिनु
भएको छ ।
कपनमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता ओलीले जति खाँदा पनि
नअघाएको भन्दै अर्यालको आलोचना गर्नुभयो । किर्नो पनि अघाएपछिसन्चोले
बस्छ, तर जति खाँदा पनि नअघाउने कस्तो हो यो' अर्याललाई लक्षित गर्दै
नेता ओलीले भन्नुभयो-'दुई पटक मन्त्री बनाइयो । दुई पटक सांसद बनाइयो ।
केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य बनाइयो, यत्ति गर्दा पनि पुगेन ?'
एमाले परित्याग गर्नेहरुलाई रुखबाट खसेको पहेँलो पात भन्दै उहाँले
भन्नुभयो-'यस्ता पातहरुलाई लिएर प्रचण्ड एमाले सिध्यो भन्दै हिड्छन् ।'
कपनबाट ३ जनाले एमाले परित्याग गर्दा ३ सय १२ जना एमाले प्रवेशगरेको
भन्दै नेता ओलीले कहाँ एमाले सकियो भनि प्रश्न गर्नुभयो ।
एमाओवादीले महान जनमुक्ति सेना, प्रचण्डपथ सबै छाडिसकेको भन्दै उहाँले
भन्नुभयो-'आकासबाट झरिसकेको छ । तर कहाँ खस्छ थाहा छैन ।'

No comments:

Post a Comment