Sunday, May 19, 2013

डनहरुलाई पक्राउ नगरी मुद्दा चलाइने

५ जेठ, काठमाण्डौं । सम्पत्तिको स्रोत खुल्न नसकेपछि सम्पत्ति शुद्धीकरण
अनुसन्धान विभागले पाँच डनविरुद्ध मुद्दा चलाउने अन्तिम तयारी गरेको छ ।
तर, मुद्दा दायर गर्ने बेला उनीहरुलाई पक्राउ नगनएका लागि चलखेल भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पनि सहमति जनाएपछि एक दुई दिनमै मुद्दा
चलाउन लागिएको हो । शुक्रबार विशेष अदालतमा मुद्धा दर्ता गर्ने तयारी
विभागले गरे पनि नभ्याएपछि आइतबार वा सोमबार मुद्दा दर्ता गर्न लागिएको
हो । दीपक मनाङे, गणेश लामा, चक्रे मिलन, परशुराम बस्नेत र अभिषेक
गिरीमाथि मुद्दा चलाउन लागिएको नयाँ पत्रिकामा खबर छ । 'सरकारी
वकिलकोकार्यालयबाट मुद्दा चलाउन सहमित आइसकेको छ,' विभागका एक अधिकारीले
भने, 'एक दुई दिनमै मुद्दा दर्ता हुनेछ ।'स्रोतका अनुसार मिसिलका
पन्नाहरुमा समेत मुद्दा दायर गर्नका लागि छाप लगाइसकिएको छ ।

No comments:

Post a Comment