Saturday, May 18, 2013

स्कुटरमा आएकी महिलाले ट्राफिकको युनिफर्म च्यातिदिइन्

काठमाडौं—ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्ने काठमाडौँ
महानगरपालिका–२५ मखनटोल बस्ने ३६ बर्षीया सम्झना बस्नेतलाई प्रहरीले
पक्राउ गरेको छ। आज बिहान सवा ८ बजे बा.३४ प ३५५४ नम्वरको स्कुटीमा ३ जना
बसी आएपछि पुतलीसडक चोकमा खटिएका ट्राफिक प्रहरीले स्कुटी रोकी कागजपत्र
माग्दा उनले ट्राफिक प्रहरी जवान गोविन्द राना र विकास गिरीलाई गाली गलौज
गर्नुको साथै युनिफर्म समेत च्याती दिएको प्रहरीले बताएको छ।
ट्राफिक प्रहरीले निजको स्कुटी नियन्त्रणमा लिने क्रममा ट्राफिक प्रहरी
जवान विका स गिरीलाई निजले हेल ् मेटले टाउकोमा प्रहार गर्दा हेल्मेट
छेक्ने क्रममा निज बस्नेतको मुखमा सामान्य चोट लागेको थियो।
उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सिहदरबारको बा.१
झ ५७५ नम्वरको मोवाइल भेन उक्त स्थानमा पुग्दा निजका श्रीमान ६० बर्षीय
बिष्णुमान श्रेष्ठ समेतका ४/५ जनाको समुहले सवारी आगमनमा अवरोध पुर्‍याई
प्रहरी भेनको साँचो खोसेकोले बिष्णुमान श्रेष्ठ सहित ३ जनालाई समेत
प्रहरीले नियन्त्रणमा लिए सम्झाई बुझाई गरी छाडेको थियो।
प्रहरी थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

No comments:

Post a Comment