Friday, May 24, 2013

वैदेशिक कामदारको मेडिकल शुल्क तोकियो

३१ सयभन्दा बढी शुल्क लिनेलाई कारवाही गरिने
१० जेठ, काठमाडौं । खाडी मुलुकमावैदेशिक रोजगारका लागि जानुपूर्व
स्वास्थ्य परीक्षण गराउँदा महँगो शुल्क असुलिएको गुनासो बढिरहेका बेला
सरकारले ३ हजार १ सय रुपैयाँभन्दा बढी शुल्क लिनेलाई कारबाही गर्ने भएको
छ ।
खाडी मुलुकमा पठाउने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका
संस्थाहरुको संघ गाम्का नेपालले साढे ५ हजार रुपैयाँसम्म शुल्क लिने
गरेका थिए । ३ हजार ७ सय रुपैयाँ रहेको शुल्क गत फागुनमा ४२ प्रतिशत
वृद्धि गरिएको थियो ।
श्रम मन्त्रीस्तरीय निर्णयबाट अधिकतम शुल्क तोकिएको र त्योभन्दा बढी
शुल्क लिनेलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न काठमाडौंको जिल्ला
प्रशासन कार्यालयलाई पत्र लेखेको वैदेशिक रोजगार विभागकामहानिर्देशक
विनोद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, काठमाडौं जिल्ला प्रशासन
कार्यालयले व्यवसायीलाई बोलाएर 'तोकिएभन्दा बढी शुल्क लिएमा कारबाही
भोग्न तयार छु' भनी हस्ताक्षर गराएको छ । गाम्काको सदस्य नरहेका नेपाल
स्वास्थ्य व्यवसायी महासंघका सदस्यले भने२ हजार ५ सय रुपैयाँ मात्र
शुल्कलिने गरेका छन् ।

No comments:

Post a Comment