Thursday, May 16, 2013

आहा, कति राम्रो तिनाउ खोला ! (फोटो फिचर)

लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये तराइका तीन जिल्ला रुपन्देही, कपिलवस्तु
र नवलपरासीमा गर्मीले सर्वसाधरणको दैनिकी बढी नै प्रभावित हुने गर्छ।
बाँकी तीन पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँची भने शीतल जिल्ला
मानिन्छन्।
गर्मी बढेसँगै तराईका तीन जिल्लाबाट पहाडका तीन जिल्लामा शीतलता पाउन
मानिसहरू आकर्षित हुने गर्छन्। लुम्बिनीका प्रमुख दुई ठूला शहर बुटवल र
भैरहवाबाट गर्मीको राहत खोज्दै पाल्पामा आउनेहरू बढेका छन्। गर्मी याममा
पाल्पामा आन्तरिक पर्यटक बढ्ने गरेका यहाँका होटल व्यवसायीहरू बताउँछन्।
गज्जब त के छ भने बुटवलबाट सवारीमा पाँच मिनट पाल्पातर्फ उक्लने बित्तिकै
शीतल महसुस हुन्छ। सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्ड क्षेत्रका
होटल एवं रिसोर्टहरूमा तराई क्षेत्र र भारतीय सिमा क्षेत्रबाट आउने
पर्यटक खचाखच देखिन्छन्। यस क्षेत्रका खोला नाला र वन जंगलमा शीतल खोज्दै
आउनेहरू बाक्लै भेटिन्छन्।
गर्मी छल्नका लागि सिद्धार्थ राजमार्ग आसपासबाट बग्ने तिनाउ खोला गन्तव्य
बनेको छ। बुटवल र भैरहवाबाट युवाको ठूलै जमात तिनाउ खोलामा पौडी खेल्न र
वनभोज खान आउने गर्छन्। पाल्पा बुटवल सिमानाको सिद्धबाबा नजिकै तिनाउ
ड्याममा सबैभन्दा बढी भीड जुट्ने गर्छ। हेरौं नागरिकन्यूजकर्मी टेकनारायण
भट्टराइले खिचेका तस्विरहरू
-http://nagariknews.com/modules/mod_news_pro_gk4/cache/k2.items.cache.c8acd7ea9b8dd89aa305f168b456d7cd_Lnsp_223.jpg

No comments:

Post a Comment