Friday, May 17, 2013

काठमाडौंको ठमेलमा भीषण आगलागी

३ जेठ, काठमाडौं । राजधानीको ठमेलमा विहीबार रातिदेखि भीषण आगलागी भएको छ
। आगलागी भएको ९ घण्टासम्म दमकलहरुले निभाउने प्रयास गरिरहेका छन् ।
काठमाडौं गेष्टहाउस नजिकैको रेष्टुरेन्टबाट सल्किएको आगो निभाउनका लागि
राजधानीमा सबै दमकल केन्दि्रत भएका छन् । साँघुरो गल्ली भएकाले
आगलागीस्थलमा दमकल पुर्याउन कठीन भएको छ, भने २ सय भन्दा बढी
सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीबाट केही घर र पसलहरु जल्दा
करोडौंको क्षति भएको छ ।

No comments:

Post a Comment