Thursday, May 16, 2013

ज्ञानेन्द्रलाई अझै बिन्तीपत्रको ओइरो

२ जेठ, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनसत्ता गुमेपनि
उनलाई व्यक्तिगत कामदेखि राजनीतिक विषयमा बिन्तीपत्र आउने गरेका छन् ।
निर्मलनिवासमा शाहलाई 'श्री ५ महाराजधिराज' सम्बोधन गरेर दैनिक दशवटासम्म
बिन्तीपत्र दर्ता हुने गरेका छन् ।
नारायणहिटी छोडेर पूर्वराजा निर्मलनिवास गएपछिका सुरुका दिनमा भन्दा
संविधानसभा विघटनयता बिन्तीपत्र दर्ता गर्ने क्रम बढेको नयाँ पत्रिका
दैनिकमा खबर छ ।
निर्मलनिवासको गेटमा हरेक दिन १० वटासम्म बिन्तीपत्र दर्ता हुन्छन्,
बिन्तीपत्र बुझाउन अधिकांश आफैं पुग्ने र कोहीले भने अरुलाई पनि पठाउने
गरेको पाइएको छ । साथै इमेल, फ्याक्स र चिठीबाट पनि बिन्तीपत्र आउने
गरेका छन् ।
ज्ञानेन्द्रलाई आउने बिन्तीपत्रमा आर्थिक सहयोग लिनउपचार मिलाइदिन र
छोराछोरीलाई विदेश पठाइदिनेसम्मका कुरा छन्। अधिकांशले पूर्वराजालाई
सक्रिय हुन र आफुलाई कामको जिम्मेवारी दिन आग्रह गरेका छन् ।
बिन्तीपत्र स्वकीय सचिवले दुई-तीन पटक पढेर पूर्वराजालाई दिने र
पूर्वराजाले सक्ने काम गरिदिन सहयोगीलाई आग्रह गर्ने गरेको स्रोतको दाबी
छ ।

No comments:

Post a Comment