Monday, May 20, 2013

‘अबको तीन वर्षमा लोडसेडिङ ४ घण्टामा र्झछ’

६ जेठ, दोलखा । चर्को लोडसेडिङबाट आजित भएका नेपालीहरुले अबको तीन
वर्षपछी केही राहत पाउने भएका छन् । दोलाखाको लामाबगरमा निर्माण भइरहेको
४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजना २०७२ चैतसम्म
सम्पन्न गर्ने गरि तिब्र गतिमा काम अगाडी बढिरहेको छ ।
आयोजनाको ४६ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको माथिल्लो तामाकोशी
जलविद्युत आयोजनाका सहायक प्रबन्धक बिमल गुरुङले बताउनुभयो । अहिले धमाधम
सुरुङ खन्ने काम भइरहेको छ । उक्त आयोजना स्वदेशी लगानीमा सार्वजनिक निजी
साझेदारी -पीपीए) मोडेलमा निर्माण हुन लागेको मुलुककै सबैभन्दा ठूलो
जलविद्युत आयोजना हो । आयोजना ३५ अर्ब २९ करोड रुपैयालगानीमा निर्माण हुन
थालेको हो । आयोजनाको अवलोकन भ्रमण गर्न निर्माण स्थल पुगेका आर्थिक
पत्रकारहरुसूगको अन्र्तक्रिया कार्यक्रममा गुरुङले भन्नुभयो- 'यो आयोजना
सम्पन्न भएपछि नेपालीहरु आफ्नै लगानीमा ठूला आयोजना पनि सम्पन्न गर्न
सक्षम रहेको सकरात्मक सन्देश जानेछ ।'
सरुङ खन्ने काम तिब्र
आयोजनाको कुल १६ किलोमिटर सुरुङमध्ये ६० प्रतिशत सुरुङ खनिसकेको आयोजनाका
निमिक्त प्रमुख विज्ञान प्रसाद श्रेष्ठले बताउनुभयो । आयोजनाको मूख्य
सुरुङ ८ किलोमिटर लामो रहेको छ भने बाूकी सहायक सुरुङका रुपमा रहेका छन्
। भूमिगत जलविद्युत गृह रहने यस आयोजनालाई सरकारले उच्च प्राथमिकता
प्राप्त राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । सरकारले १७ वटा
परियोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रुपमा अगाडि
सारेकोछ । यो आयोजना सम्पन्न भएपछि लोडसेडिङ ४ घण्टामा झर्ने अपेक्षा
गरिएको छ ।
स्थानिय र राजनीतिक सहमती जुटाएर निर्माण कार्य सुरु भएको हुँदा तोकिएको
समयमै आयोजना सम्पन्न भैसक्ने … गुरुङले बताउनुभयो । आयोजना निर्माणको
क्रममा कुनै वाधा अवरोध नआएको सिभिल इञ्जिनियर पदम प्रसाद पोखरेलले
बताउनुभयो । आयोजनाको सुरुङ निर्माण कार्य चाइनाको सिने हाइड्रोले
गरिरहेको छ । जसमा ४ सय ५० जना चीनीया र एक हजार जना नेपाली गरि कुल १
हजार ४ सय ५० जना काम गर्दै आएका छन् ।
२०५७ सालदेखि अध्यान अनुसन्धान सुरु भएको आयोजनाको २०६८ जेठ ४ गते
तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलन्यास गर्नुभएको थियो । आयोजनाको
ट्रान्समिसन लाइन बनाउने काम भने अझै तिब्र गतिमा अगाडि बढ्न सकेको छैन्
। ट्रान्समिसन लाइन बनाउनका लागि जग्गा अधिग्रहणको काम भइरहेको अयोजनाका
निमिक्त प्रमुख श्रेष्ठले बताउनुभयो । लक्षित समयसम्म आयोजनाको
ट्रान्समिसन बनाउने काम सम्पन्न भइसक्ने उहाूको दाबि छ ।
कस्को कति लगानी ?
आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६
प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २
प्रतिशत, सर्वसाधरणको १५ प्रतिशत, दोलखा जिल्ल बासीहरुको १० प्रतिशत शेयर
हिस्सा रहनेको छ । आयोजनामा संचय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरीक
लगानी कोषले २ अर्ब, बीमा संस्थानले २ अर्ब र नपुग रकम ११ अर्ब ८ करोड
रुपैयाू नेपाल सरकारले ऋण लगानी गर्ने भएको छ ।
आयोजनाको पानी खसाल्ने वाटर हेड ८ सय ८२ मिटर अग्लो रहेको छ । जस्को
झण्डै सय मिटर खनिसकेको सिभिल इञ्जिनियर पोखरेलले बताउनुभयो । मूख्य
संरचनाहरु भूमिगत रहने छन् । यस आयोजनाको जलाशयमा रोल्वालिङ खोलाको पानी
६ किलोमिटर सुरुङ खनेर ल्याउने बताईएको छ । जस्ले गर्दा सुख्खा याममा यही
आयोजनाबाटै करिव ८ महिना थप १७ करोड युनिट उर्जा उत्पादन गर्न सकिने छ ।
चैत महिनासम्म १२ अर्ब २० करोड रुपैया खर्च भैसकेको छ। यस आयोजनाबाट
उत्पादित विद्युत ४ रुपैयाले विक्री गर्दा साढे ८ अर्ब रुपैया भन्दा बढी
वाषिर्क आम्दानी हुने अयोजना निमिक्त प्रमुख श्रेष्ठले बताउनुभयो । यस
अयोजनामा ८० प्रतिशत चीनीया भूमिबाट आउने पानी प्रयोग हुनेछ भने बाकी २०
प्रतिशत स्वदेशी पानी प्रयोग हुने भएको छ ।

No comments:

Post a Comment