Tuesday, May 28, 2013

युरोपमा नेपाली जहाज उड्न नदिने चेतावनी

१४ जेठ, काठमाण्डौं । युरोपेली संघले नेपाली जहाजलाई कुनै पनि युरोपेली
मुलुकको आकाशमा उड्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । संघले दुई
महिनाअघि पठाइएको पत्रको जवाफ चित्त नबुझेपछि सरकार प्रमुखको ध्यानाकर्षण
गराउँदै गत बैशाख २३ गते मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई
चेतावनी पत्र पठाएको छ ।
पर्यटन मन्त्रालय र हवाई क्षेत्र अनुगमन गर्ने नेपाल नागरिक उड्डयन
प्राधिकरणलाई समेत पठाइएको पत्रमा नेपाली जहाज असुरक्षित भएको आरोप
लगाएको छ । नेपाली जहाज धेरै दुर्घटनामा पर्दै आएकाले युरोपको आकाशमा
उड्ने अनुमति दिन समस्या रहेको पत्रमा उल्लेख छ ।
संघले नेपाली हवाई उड्डयन यति धेरै असुरक्षित हुनुको चित्तबुझ्दो
जवाफसमेत मागेकेा छ । पत्रमा भनिएको छ, 'नेपालको हवाई उडानमा बढेको
असुरक्षाबारे सन्तुष्ट पार्न सक्नुभएन भने संघको हवाई सुरक्षा कमिटीमा
प्रतिबन्ध लगाउनेबारे प्रस्ताव गरिनेछ,' अन्नपूर्ण पोष्टमा खबर छ ।
नेपाली जहाजलाई युरोपमा प्रतिबन्ध लगाउने चेतावनी दिएपछि सरकारले
प्रतिवादका लागि एउटा उच्चस्तरीय टोली संघको मुख्यालय ब्रसेल्स पठाउने
निर्णय गरेको छ । उडान सुरक्षाका लागि अपनाइएका विधि र प्रविधिको
विवरणसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई उडान हेर्ने
उपमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वको टोली मंगलबार ब्रसेल्स
जाँदैछ ।source onlinekhabar.com

No comments:

Post a Comment