Sunday, May 26, 2013

प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रर्दशनकारी घाइते

विराटनगर, जेष्ठ १२ - स्थानीय एक महिलाको हत्यामा संलग्नलाई कारबाही
नगरेको भन्दै सुनसरीको दुहबीका बासिन्दाले गरेको बन्दका क्रममा झडप भएको
छ । कोसी राजमार्गको दुहबीमा यातायात बन्द गराएका स्थानीय बासिन्दा र
प्रहरीबीच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीले दुईजनालाई गोली लागेको दावी गरेका छन् । गोली लागी घाइते
भएका भनिएकामा स्थानीय विजय चौधरी र महमुद जलिल छन् । उनीहरुलाई
उपचारकालागि विराटनगर लगिएको छ । प्रंहरीले भने स्थितिलाई नियन्त्रणमा
लिन केही राउन्ड अश्रुग्यास प्रयोग गरेको जनाएको छ ।
बन्द गर्ने क्रममा प्रदर्शनकारीले केही बस, भ्यान अनि ट्रकका साथै
अक्सिजन बोकेको गाडि तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसक्रममा झडप भएको हो ।
झडपका कारण दुहबी बजार र आसपास क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीले केही एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । झडपका कारण
कोसी राजमार्ग भएर आउजाउ गर्ने यातायातका साधन चल्न सकेको छैन ।
स्थानीय राधा मण्डलको हत्या भएको महिनासम्म पनि दोषीलाई पक्राउ गर्न
नसकेको भन्दै आफन्त र स्थानीय बासिन्दाले विरोध गरेका हुन् । वैशाख १४
गते स्थानीयबुढीखोलामा हत्या गरी फालिएको अवस्थामा मण्डलको शव फेला परेको
थियो ।

No comments:

Post a Comment