Saturday, May 25, 2013

तालिबानी आक्रमणमा काबुलमा नेपाली मारिए

११ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको
आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा अन्य ६ जनाको पनिज्यान गएको छ

तालिबानले गराएको विस्फेटमा मारिने नेपाली सुरक्षा गार्ड भएको बताएपनि थप
केही खुलाइएको छैन । आक्रमणमा ३ नेपाली घाइते भएको र उनीहरुमध्ये एकको
ज्यान गएको बीबीसीले जनाएको छ ।
काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले भने पुष्टी गरेको छैन । परराष्ट्र
प्रवक्ता अर्जुनबहादुर थापाले विस्फोटमा नेपाली मारिएको खबर बीबीसीमा
आफूले पनि पढेको तर, आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो ।
अफगानिस्तानमा नेपाली दूताबास छैन । पाकिस्तानमा रहेको नेपाली दूताबासले
नै अफगानिस्तान हेर्दै आएको छ ।
विस्फोटका कारण अन्तराष्ट्रि«य प्रवासन संगठनको गेष्ट हाउस क्षतिग्रस्त
भएको छ । तालिबानका प्रवक्ताले समेत गेष्टहाउस उनीहरुको निशानामा रहेको
बताएका छन् । विस्फोट निकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।
6

No comments:

Post a Comment