Sunday, May 19, 2013

करोडपति 'डन'विरुद्ध विशेष अदालतमा मुद्दा, कुन डन धनी ?

काठमाडौं, जेष्ठ ५ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति
आर्जन गरेका पाँच जना डनविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको
छ ।
विभागले डनहरु दीपक मनाङ्गे, पर्शुराम बस्नेत, चक्रेमिलन, गणेश लामा र
अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार
धीरबहादुर चन्दले जानकारी दिए ।
डनहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीलाई धम्क्याएर
लिने गरेको दस्तुरी, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी
गरिएको छ । विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी
गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डनहरुको सम्पत्ति स्रोतबारे तीन
वर्षदेखि अध्ययन गरिरहेको थियो । विजयकुमार गच्छदार गृहमन्त्री रहेकैबला
प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फर्काइएको थियो ।
अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नियुक्तिलगत्तै
विभागको अनुसन्धान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । विशेष
अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित अहिलेसम्म
२५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन् । 'तीमध्ये ११ वटा
फैसला भएको छ,' उनले भने, 'सवैमा सरकार पक्षको जीत भएको छ ।'
अभियोग प्रमाणित भए एकदेखि चार वर्ष कैद, बिगो र त्यसबराबरकेा जरिवाना
बुझाउनुपर्दछ । गणेश लामाका आमाबाबु र दुई जना भाइ तथा अन्य चार जना डनका
श्रीमतीसमेतलाई प्रतिबादी बनाइएको छ ।
कुन डन धनी ?
गणेश लामा- २७ करोड, १ लाख ६१ हजार ५८ रुपैयाँ ६० पैसा
दीपक मनाङ्गे- १४ करोड ७३ ३१ हजार ८ सय ६ रुपैयाँ
पर्शुराम बस्नेत- ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ३७ पैसा
चक्रे मिलन- ७ करोड ७ लाख १७ हजार २ सय २६ रुपैयाँ ४१ पैसा
अभिषेक गिरी- २ करोड, ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२पैसा

No comments:

Post a Comment