Thursday, May 9, 2013

छोराको लिंग काटेर ‘छोरी’ बनाए डाक्टरले

२६ वैशाख, जनकपुर । महोत्तरी सहोडवा ४ की चन्द्रादेवीझाले चारवटी छोरी
पाइसकेकि थिइन् । त्यसैले गर्भमा रहेको बच्चा छोरा वा छोरी हो छुट्टयाउन
जनकपुर प्रसुति नर्सिङ होममा आइन् । पाँच महिनाकी गर्भवती चन्द्राको
अल्ट्रासाउन्ड गरेर डा. नीलम चौधरीले छोरी भएको जानकारी दिइन् । तर, जब
बुधबार उनको गर्भपतन भयो, त्यसपछि थाहा भयो पेटमा त छोरा पो रहेछ ।
गर्भ परीक्षणपछि गर्भपतन गराएर अस्पतालले गम्भीर अपराध गरिसकेको थियो, तर
आफ्नो अपराध लुकाउन डाक्टरले बच्चाको लिंग काटेर छोरी देखाउने कोसिस गरे
। त्यसपछि अस्पताल क्षेत्र तनाव ग्रस्त भयो ।
पहिलोपटक गरेको अल्ट्रासाउन्ड विश्वास नलागेपछि फेरि अल्ट्रासाउन्ड
गराएका डा. चौधरीले छोरी नै भएको बताएकी थिइन् । त्यसपछि उनीहरु निराश
हुँदै घर र्फकने तयारीमा थिए । तर, अस्पतालकै एक दलालले चन्द्रा र उनका
परिवारजनलाई गर्भपतन गराउन सुझाव दिएका थिए ।
साढे पाँच हजारमा गर्भपतन गराउन तयार भएकी चौधरीले मंगलबार राति १ बजे
गर्भपतन गर्न चन्द्रालाई शल्यक्रिया कोठामा बोलाइन । गर्भपतन गर्ने बेला
चन्द्रासहित सासू चन्द्रकला पनि उपस्थित थिइन । गर्भपतन गरेर बच्चा बाहिर
निकालेपछि चन्द्राको कोखमा छोरी नभएर छोरा भेटियो ।
निकालेको बच्चा छोरा भएको थाहा पाउनेवित्तिकै सासू चन्दकलाले डा.
चौधरीलाई गालि गर्न थालिन् । गाली गर्दै उनीहरु बाहिर निस्कने वित्तिकै
अस्पतालकै एक नर्सले बच्चाको लिंग काटिदिइन् । त्यसपछि उनीहरुले बच्चा
छोरा नभई छोरी नै रहेको बताउन थालेको खबर नयाँ पत्रिकाले छापेको छ ।

No comments:

Post a Comment