४ जेठ, काठमाडौं । बझाङको काँडा गाविसको राईढुंगी लेकमा हिउँ पहिरोमा परी
७ जना वेपत्ता भएका छन् । यार्सागुम्बा टिप्न साइपाल हिमाल नजिकैको लेकमा
गएका उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आइनसकेपनि यार्सागुम्बा टिप्न काठमाडौंबाट गएको ९
जनाको टोलीमध्ये २ जना जोगिएको र ७ जना हिम पहिरोमा परेको खबर आएको
बझाङ्गकाप्रहरी नायव उपरिक्षक उदयराज तामाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय राजमल बोहराले खबर गरेपछि प्रहरी घटनास्थलतर्फ
गएको छ । घटनास्थ्ाल पुग्न २ दिन लाग्ने भएकाले थप विवरण आउने समय लाग्ने
डिएसपी तामाङ्गले बताउनुभयो ।
No comments:
Post a Comment