Wednesday, April 24, 2013

प्रचण्डलाई राँची अस्पतालमा भर्ना गर्नु पर्छ: नेपाल

सन्तोष सिंह, सर्लाही, बैशाख ११ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार
नेपालले सामुन्ने रहेको दललाई हेर्न नसक्ने, सुन्न नसक्ने र बुझ्न नसक्ने
एमाओवादी अन्धो, बहिरो र मानसिक रोगले ग्रस्त भएको आरोप लगाएका छन्।
एमाओवादी अध्यक्ष दाहालले केही दिन अघि एमाले भन्ने पार्टी नै नरहेको
बताएपछि आक्रोशित हुँदै नेपालले मानसिक रोगलेग्रस्त अध्यक्ष प्रचण्डलाई
राँची अस्पतालमा भर्ना गर्नु पर्ने टिप्पणी गरे।
सर्लाहीको घुर्कौलीमा आज बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार
भेटघाटमा नेपालले एमाओवादी पार्टी र उनका नेता ज्ञानेन्द्र पथमा हिँडे
पूर्व राजा जस्तै समाप्त भएर जाने चेतावनी दिए। जनयुद्धपछि कार्यदिशा र
विचारबिहीन बनेको एमाओवादी मातृका यादव हुँदै मोहन वैद्यसम्म फुटको
अवस्था आएपछि कमजोर भएको उनले बताए।
आन्तरिक विवादमा मुछिएर कमजोर अवस्थामा रहेको प्रचण्ड र एमाओवादी वरिपरि
राजनीति घुम्दैन सञ्चारकर्मीको जिज्ञासामा नेपालले भने,'प्रचण्डको
एजेन्डामा देश चलेको भए एमाओवादीको छाप लागेको संविधान उहिले आउँथ्यो।'
यसैबीच संविधानसभाको चुनावमा बहुमत सहित मुलुकको स्टेरिङ एमालेले हातमा
लिने बताएका छन्। 'एमाले बलियो भएन भने मुलुक बिनाश हुन्छ,' नेपालले भने'
'स्टेरिङ हातमा लिन एमालेसँग विचार रदेश निर्माणको भिजन छ।'
'चुनावमा एमाले बहुमत सहित बिजय हुन्छ,' नेपालले भने,'स्टेरिङका लागि दुई
तिहाइ बहुमत चाहिन्छ। दुई तिहाइका लागि सहयोगी खोजि हुँदै छ।' सहयोगी
कोहो निधो भएको छैन,' उनले भने। अभिव्यक्ति र व्यवहारको अधारमा दुई तिहाइ
बहुमतका लागि सहयोगी मित्रको लागि वार्ता थाल्ने उनले बताए।
छोटो समयमा मन्त्रीसम्मको पद पाएर भ्रष्टचारमा डुबेको मधेसी दलका नेताहरु
पार्टी टुक्रा टुक्रा बनाएर नमुना बनेको पूर्व प्रधानमन्त्री समेत रहेका
नेता नेपालले आरोप लगाए। एमालेका रिजवान अन्सारी, रामचन्द्र झा र पार्टी
उपाध्यक्ष अशोक राई पार्टी छोडेर पछुताउने उनले बताए । उनीहरु पार्टी
छोडेर केही फरक पर्ने वाला छैन उनले भने। 'हात समातेर पार्टीमा ल्याएर
मन्त्री समेत आफूले बनाएको अन्सारी पुनः पार्टी फर्किन्छन्,' नेता
नेपालले भने,'माओवादीमा गएका रामचन्द्र झाको बिजोग हुनेछ।'
असारमा सम्भव नभए चुनाव कात्तिक-मंसिरसम्म हुने नेपालले बताए। चुनावको
मिति तोक्ने समय आएको छैन,'नेपालले भने,'नियुक्तिको सेटिङ मिलाएकोले
चुनावको मिति घोषणा गर्न प्रचण्ड आत्तिएका हुन्। सेटिङ फेरेर चुनावको
मिति मात्र तोकिन्छ,' नेपालले भने।यसैबीच रौतहटस्थित नागरिकन्युजकर्मी
मदन ठाकुर का अनुसार आज बिहान नेपालले मंसिर महिनामा हुने संविधान सभाको
निर्वाचनको प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएको
बताएका छन् ।
गृह जिल्ला रौतहट आएका वरिष्ठ नेता नेपालले चन्द्रनिगाहपुरस्थित हिमालयन
गेष्ट हाउसमा उपस्थित आफ्ना कार्यकर्ताहरुलाई आउँदो मंसिरमा हुने
संविधानसभाको निर्वाचनका लागि व्यापक रुपमा तयारीमा जुट्न निर्देशन दिएको
हो।
हालै एमाले प्रति प्रचण्डको आएको अभिव्यक्ति प्रति कार्यकर्ताहरुको
प्रश्नको जवाफ दिँदै नेता नेपालले प्रचण्डको मानसिक सन्तुलन खराब
भइरहेकोमा उपचारका लागि विहार भन्दा मुनीको राज्य झारखण्ड तर्फ
लग्नुपर्ने बताए।
जिल्ला संगठनलाई विस्तार गरी कार्यकर्ताहरुलाई सक्रिय बनाएर अघि बढेमा
आउँदो संविधानसभाको निर्वाचनमा एमाले पूर्ण बहुमत ल्याएर मुलुकको सबै
समस्याहरु समाधान गर्ने बताए।
नेता नेपाल रौतहटको निर्वाचन क्षेत्र नं ४ पिपरा रजवडा गाविसमा आज दिउँसो
दूध डेरीको एक समारोहबीच उद्घाटन गर्दै संगठन मजबुत भयो भने पार्टी बलियो
हुने भएकोमा आन्तरिक सबै तिता कुराहरु विर्सेर पार्टीलाई पूर्ण बहुमत
ल्याउनेतर्फ सोचलाई अघि बढाउने कार्यमा जोड दिए।
नेकपा एमालेका जिल्ला अध्यक्ष रामकुमार भटराईकाअनुसार वरिष्ठ नेता नेपाल
मंगलवार साँझदेखि रौतहटको विभिन्न गाविसहरु गएर कार्यकर्ता तथा जनतासँग
भेटी एमालेको पक्षमा मतदान गर्न आग्रह गरेको छ।
http://www.nagariknews.com/politics/party-politics/57042-2013-04-24-05-54-05.html

No comments:

Post a Comment