Wednesday, April 24, 2013

‘हृवाइट हाउसमा बिस्फोट’ ट्वीटले मच्चायो हलचल

११ वैशाख, काठमाण्डौं । विश्वको चर्चित समाचार एजेन्सी एपीले ट्वीटर
एकाउन्टमा हृवाइट हाउसमा विस्फोट भएको र राष्ट्रपति बाराक ओबामा घाइते
भएको समाचार पोष्ट गरेपछि ठूलै हलचल मच्चिएको छ । तर, यो खबर गलत थियो र
एपीले प्रष्ट पारेको छ कि उसको ट्वीटर एकाउन्ट हृयाक भएको छ । तर, एपीले
स्पष्ट्रीकरण दिँदासम्म यो खबर धेरै पटक री-ट्वीट भइसकेको थियो र परालको
आगो झै फैलिसकेकोथियो । यहाँसम्मकी अमेरिकी खुफिया एजेन्सीले यस घटनाबारे
जाँच भइसकेको बताएको थियो ।
एपीको यस्तो ट्वीटको केहीबेरमा हृवाइट हाउसका प्रवक्ताले पत्रकारहरुसँगको
कुराकानीमा आबामा पूर्ण रुपमा ठिक रहेको बताए । तर, त्यसबेलासम्म अमेरिकी
बजारमा हाहाकार मच्चिसकेको थियो । डाउ जोन्सको औद्योगिक औसत १ सय ५० अंक
तल झरिसकेको थियो । हृवाइट आउसका प्रवक्ताको भनाईपछि बजार केही
सम्हालिएको छ ।
एपीको एकाउन्ट हृयाक गरेर लेखिएको थियो-ब्रेकिङः हृवाइट हाउसमा दुई बम
विस्फोट र बाराक ओबामा घाइते । सिरयाली राष्ट्रपति बसर अल असदको समर्थक
समूहले हृयाकको जिम्मेबारी लिएको छ । सिरियन इलेक्ट्रोनिक आर्मी नाम
गरेको संगठनले एएफी, स्काई न्यूज अरबिया, अल जजीर मोबाइलर सीबीएस न्यूजको
ट्वीटर एकाउन्ट हृयाक गरेको दावी गरेको छ ।

No comments:

Post a Comment