६ चैत, रुकुम । नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षासँग सम्बन्धित
विभिन्न निकायहरुले यस बर्षकोप्रवेशिका परीक्षा मर्यादित भएको दाबी गरे
पनि रुकुमको अधिकांश परीक्षा केन्द्रमा भने यस बर्षको प्रवेशिका परीक्षा
अमर्यादित बनेको छ ।
परीक्षामा परीक्षार्थी भन्दा चिट चोराउनेहरुको भीडलाग्ने गरेको छ ।
सदरमुका बाहिरका परीक्षा केन्दैहरुमा जिल्ला शिक्षा कार्यालयबाट गएको
अनुगमन थोलीले परीक्षा मर्यादित नभएको बताएको छ ।
परीक्षा केन्द्रमा विहान ८ बजे पुग्दा परीक्षार्थीहरु परीक्षा हलभित्र
पसिरहेका थिए, भने उनीहरुका साथीहरु, आफन्त, अभिभावक, स्थानीय गाउँलेहरु
परीक्षा केन्द्रको वरिपरि झुम्मिन थालिसेका थिए । बाँफिकोटको परीक्षा
केन्द्रमा ३ सय ९० परीक्षार्थीका लागि चिट चोराउन भेला भएका अभिभावकको
संख्या झन्डै एकहजार भन्दा बढी भएको नेपाल समाचारपत्रमा खबर छ ।
No comments:
Post a Comment