६ चैत, काठमाडौं । फागु पूणिर्मा अर्थात होली आउन अब एक हप्तामात्र बाँकी
छ । पहिलेका वर्षहरुमा होलीको १०/१५ दिन अघिदेखि नै सडकमा हिँड्न
सकिन्नथियो । केटाकेटी र युवाहरुले पानी छेपेर हैरान बनाउँथे । अझ किशोरी
र महिलाहरुलाई बढी समस्या हुन्थ्यो । दुई वर्ष अघिदेखि भने यो प्रवृत्ति
केही घटेको छ ।
जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रन थालेपछि होलीको नाममा हुने
उच्छृँखल क्रियाकलाप घट्न थालेको हो । आउँदो १३ गते पहाडका जिल्ला र १४
गते तराईका जिल्लामा मनाइने होलीको अहिलेसम्म संकेत देखिएको छैन । सडकमा
मज्जाले हिँड्न सकिन्छ । कसैले पानी र लोला हान्न थालेको छैन ।
तर यस्तो उच्छृँखल क्रियाकलाप हुन सक्ने भन्दै सरकार सजक भएको छ । होली
आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती निकालेर इच्छा विपरीत लोला
र पानी हान्नु कानुन विपरीत हुने भन्दै यस्तो नगर्न आग्रह गरेको छ । यसो
गरेको पाइएमा कानुन अनुसारकार्वाही हुने भन्दै गृहमन्त्रालयले सबैलाई
सचेत गराएको छ ।
गृहमन्त्रालयले निकालेको विज्ञप्ति पढ्नुहोस्
No comments:
Post a Comment