प्रकाश तिमल्सिना, काठमाडौं, चैत ६ - नेकपा-माओवादीको भातृसंस्था अखिल
नेपाल संचार छापाखाना संघले वानेश्वरस्थित एनसेल भवनमा आक्रमण गरेका
छन्। आक्रमणबाट एनसेलको मुख्यालयमा भौतिक क्षति पुगेको छ। तत्कालीन हेलो
नेपालका ८७ जना कर्मचारीलाई हटाएपछि उनीहरु विरोधमा उत्रिएका हुन्।
'आक्रमण गर्नेले एनसेलसँग कुनै माग गरेका थिएनन। आक्रमणको जानकारीसमेत
थिएन,' एनसेलका कर्पोरेट कम्युनिकेसन एक्सपर्ट मिलनमणि शर्माले भने,
'आक्रमण हुनु दुखद् हो। आक्रमणमा आउनेहरुसँग कम्पनीको कुनै सम्वन्ध
थिएन।'
पुनर्वहालीको माग गर्दै आन्दोलनमा उत्रिएका कामदारर संघले आक्रमण गरेको हो।
'निस्कासित ८७ जनालाई पुनर्वहाली गर्न माग राख्दै शान्तिपूर्ण आन्दोलन
गरिरहेको बेलामा एक्कासी प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्न थालेपछि
उपस्थित मजदुरले आक्रमण गरेका हुन्,' संघका संयोजक जन्मदेव जैसीले भने।
उनका अनुसार मजदुर नेता शालिकराम काफ्लेले मन्तव्य राखिरहेको समयमा
प्रहरीले एक्कासी हस्तक्षेप गरेकोथियो। तोडफोडपछि प्रहरी र मजदुरबीच भएको
झडपमा पाँच जना मजदुर घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा
लिएको छ।
स्रोतका अनुसार हिजो नै जवरजस्ती एनसेलको मुख्यालयमा उनीहरु छिर्ने
प्रयास गरेका थिए। कम्पनीले आज आक्रमण हुनसक्ने भन्दै सुरक्षाको माग हिजै
गरेको थियो। सुरक्षाका लागि प्रहरीहरु बिहानैदेखि परिचालित थिए। आक्रमण
सुरु भएपछि सडकछेउबाट कम्प्लेक्समा ढुंगा हानिएको थियो।
No comments:
Post a Comment