Saturday, March 9, 2013

आगलागीले सप्तरीको दलित बस्ती सखाप

२६ फागुन, राजविराज । शनिबार दिउँसो भएको भीषण आगलागीबाट सप्तरीको रायपुर
गाविसस्थित दलित बस्ती सखाप भएको छ ।
आगलागीबाट ४४ भन्दा बढी घर नष्ट भएको छ । रायपुर गाविस-९ स्थित झुतरी
देवी सदाको भान्सा कोठाबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन
नसक्दा फैलिएर ४४ भन्दा बढी घर जलेर नष्ट भएको श्रीकृष्ण दल गणका गणपति
राजेन्द्र मणी गिरीले बताउनुभयो ।
आगलागीबाट ३५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो
लागेको खबर पाउनासाथ राजविराजस्थित श्री कृष्ण दल गणका गणपति गिरीको
नेतृत्वमा १ सय भन्दा बढी नेपाली सेनाको टोली घटना स्थल पुगेर आगो
नियन्त्रणको लागि काम थालेको थियो ।
स्थानीयवासी र प्रहरी तथा लहान र राजविराज नगरपालिकाबाट पुगेको दुई वटा
वारुणयन्त्रको मद्दतले दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
बस्तीका अधिकांश पुरुषहरु जन्ती गएकोले बस्तीमामहिलाहरु मात्रै रहँदा आगो
नियन्त्रणमा ढिलाई भएको गाउँलेहरुले बताए । आगलागीबाट जिउमा लगाएको लुगा
बाहेक पीडितले केही बचाउन सकेनन् ।
शनिबारै जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीलेप्रारम्भिक राहत स्वरुप
अग्नि पीडितहरुलाई खाद्यान्न वितरण गरेको प्रहरी उपरीक्षक संजयसिंह
बस्नेतले जानकारी दिनुभयो । रायपुर गाविसले पनि खाद्यान्नका साथै प्रति
परिवार ५ सय रुपैयाँका दरले राहत उपलब्ध गराएको छ ।

No comments:

Post a Comment