Saturday, March 9, 2013

भगौडा कर्मचारीलाई करोडौं दिने तयारी

२६ फागुन, काठमाण्डौं । सरकारले माओवादी सशस्त्र द्वन्द्वमा जागिर छाडेर
भागेका सुरक्षाकर्मी र निजामती सेवाका भगौडालाई करोडौं रुपैयाँ बराबरको
राहत दिने तयारी गरेको छ । सरकराले ४६ हजार ७ सय ७६ जना त्यस्ता
कर्मचारीलाई राहत दिने तयारी गरेको हो ।
माओवादी सशस्त्र द्वन्द्वमा नेपाली सेनाका १९ हजार ४ सय ८४, सशस्त्र
प्रहरीका ८ हजार ५ सय ४३, नेपाल प्रहरीका ११ हजार २ सय ८० निजमती सेवाका
७ हजार २ सय २७ र राष्ट्रिय अनुसन्धानका २ सय ४२ जना भगौडा रहेको शान्ति
मन्त्रालयका सहसचिव साधुरामसापकोटाले संयोजक रहेको समितिले जानकारी दिएको
शनिबारको राजधानी दैनिकमा खबर छ ।
सरकारले भगौडालाई आर्थिक सहायता, पुनःस्थापना कार्यक्रम, वैदेशिक
रोजगारी, औद्योगिक सुरक्षा बल, वन सुरक्षा दस्ता तथा चुरे संरक्षणमा
लागउने रणनीति बनाएको स्रोतको दाबी छ ।

No comments:

Post a Comment