काठमाडौं, चैत ४ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंक
ठगीमा संलग्न भएको अभियोगमा काठमाडौँ जिल्ला गोतामथोक- ३ बस्ने
पुरुषोत्तम दाहाललाई आज पक्राउ गरेको छ।
ब्युरोका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार हिमालयन बैंक शाखा
कार्यालय पाटनमा कार्यरत रहँदा दाहालले अन्तरबैंक कारोबार खाताबाट रु
पाँच करोड ५१ लाख ७ हजार ६७८ रकम हिनामिना गरेको बताइएको छ। बैंक ठगीमा
संलग्न भएको भन्दै पुनरावेदन अदालत पाटनले गत साल माघ २ गते नै फैसला गरी
हिनामिना गरिएको रकमबराबर जरिवाना र सोहीबमोजिम बिगो असुल गर्न र चार
वर्ष कैदको फैसला गरेको थियो।
घरायसी व्यवहार चलाउँदा तथा व्यापार गर्दा लागेको ऋण तिर्न नसकेपछि
हिमालयन बैंकको अन्तरबैंक कारोबार खाताबाट प्रतिकारोबारमा रु पाँच लाखको
दरमा नगद झिकी अधिकारको दुरुपयोग गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरोका
उपरीक्षक कार्कीले जानकारी दिए । दाहाललाई थप अनुसन्धानका लागि महानगरीय
प्रहरी प्रभाग हनुमानढोका बुझाइएको छ। रासस
No comments:
Post a Comment