Sunday, March 17, 2013

मलेसियामा १ सय नेपाली कामदार पक्राउ

४ चैत, क्वालालम्पुर । मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक
पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर
निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीलेउनीहरुलाई
बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।
मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव
नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ
गरिएको हो ।
मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने- 'कामदारहरु
रोजगारदाताविरुद्ध प्रर्दशनको तयारी गर्न बिभिन्न स्थानमा भेला भएका थिए,
उनीहरु एकै ठाउँमा जम्मा हुनुअघि नै सूचनाका आधारमा हामीले समातेका हौं
।' मुआरमा रहेका करिव ५ हजार नेपाली कामदारले जुलुस निकाल्न थालेको
भन्दै उनले मलेसियामा सार्वजनिक स्थानमा जुलुस निकाल्नु गैरकानुनी
रहेकाले पक्राउ गरिएको दाबी गरे । मुआर क्षेत्रमा करिव ३० हजार नेपाली
श्रमिक कार्यरत रहेको बताइएको छ ।
तर, मुआरमा रहेका नेपालीहरु भने प्रर्दशनको कुनै तयारी नभएको बताउँछन् ।
एक नेपालीले अनलाइनखबरसँग टेलिफोनमा भने- 'साप्ताहिक बिदाको दिन नेपाली
रेष्टुरेण्टमा गएर साथीहरुसँग भेटघाट गर्ने क्रममापुलिसले पक्रिएको हो,
बाहिर गएर प्रर्दशन गर्ने कुनै योजना थिएन ।' बिभिन्न कम्पनीमा कार्यरत
उनीहरुमध्ये केहीलाई साँझ छाडिएको छ भने केही अझै प्रहरी नियन्त्रणमै छन्
। अघिल्लो साता पनि मलेसियन प्रहरीले एउटा फर्निचर कम्पनीबाट ३२ जना
नेपाली कामदारलाई पक्राउ गरेको थियो ।
मलेसिया सरकारले जनवरी १ देखि नै लागू हुने गरी मासिक९ सय रिंगेट न्यूनतम
तलव दिनुपर्ने नयाँ नियम ल्याएपछि त्यहाँ कामदार र रोजगारदातावीच विवाद
बढ्न थालेको छ । । नीतिगतरुपमै बिभिन्न छिद्रहरु खडा गरिदिएर
रोजगारदातालाई न्यूनतम तलव कार्यान्वयन नगर्न मलेसियन सरकारले
कम्पनीहरुलाई बाटो खोलिदिएपछि त्यहाँ कार्यरत बिदेशी श्रमिक आक्रोशितभएका
छन् । सरकारको दोधारे नीतिका कारण तलव बढ्नुको साटो खाइपाई आएको भन्दा
घट्न थालेपछि बिभिन्न कम्पनीमा कार्यरत कामदार आन्दोलित भएका हुन् ।
मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले घोषित न्यूनतम
तलव नपाउँदा निकै समस्या बढेको बताउनुभयो । तर, आन्दोलन नगर्न र
वार्ताबाटै समस्या समाधानको पहल गर्न नेपाली श्रमिकहरुलाई दूताबासले
आग्रह गरिरहेको भट्टराईले अनलाइनखबरलाई बताउनुभयो ।

No comments:

Post a Comment