४ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी असारमा गर्ने भनिएको संविधानसभा
निर्वाचनको तयारीका लागि सरकारसँग ७ अर्ब रकम मागेको छ ।
आयोगका सचिवसहितका पदाधिकारीहरुले आइतबार अन्तरिम चुनावी मन्त्रिपरिषद्का
अध्यक्ष खिलराज रेग्मीलाई भेटी निर्वाचनको तयारीबारे समेत जानकारी गराएको
छ ।
मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटमा आयोगका अधिकारीहरुले
बजेटसँगै कर्मचारी, मतदाता नामावली संकलनमा दलहरुको सहयोग मागेको छ ।
'हामीले करिव ७ अर्ब बजेट माग गरेका छौं' प्रवक्ता अनिलकुमार ठाकुरले
अनलाइनखबरसँग भन्नुभयो-'राजनीतिक दलहरुको सहयोग पनि चाहिन्छ ।' वैशाख
दोस्रो सातासम्म मतदाता नामावली संकलनको गरिसक्ने भनिएपनि दलहरुको
सहमतिमाभरपर्ने आयोगले बताएको छ ।
भेटमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले भने दलीय सहमतिको
वातावरण बनाउन प्रयास भइरहेको भन्दै आयोगलाई तयारी तिब्र पार्न निर्देशन
दिनु भएको स्रोतले जनाएको छ ।
No comments:
Post a Comment