Sunday, March 10, 2013

गरिबी हटाउन ६० करोड जागिर आवश्यक

२७ फागुन, काठमाण्डौं । गरिबी निवारणका लागि १५ बर्षमा विश्वभर ६० करोड
जागिर आवश्यक रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ । बेरोजगारीको
समस्याले नेपालमा मात्रै नभई विश्वनै आक्रान्त बनिरहेको उल्लेख गर्दै
विश्व विकास प्रतिवेदन २०१३ मा भनिएको छ हालकै अवस्थामा बेरोजगारी दर
कायम राख्न पनि कम्तीमा ६० करोड अवसर आवश्यक पर्ने छ ।
विश्व बैंककी नेपालस्थित प्रबन्धक ताहसिन सैयदले प्रतिवेदन सार्वजनिक
गर्दै नेपालमा रोजगारी नबढाई गरिबी बम नहुने बताउँदै राजनीतिक संक्रमण
चाँडै अन्त्य हुनुपर्ने बताईन् । उनले उद्यमशीलताको विकास, व्यावसायिक
शिक्षा, महिला सशक्तिकरणका विषयलाई अघि बढाउनु पर्ने बताएको कान्तिपुर
दैनिकमा खबर छ ।
विश्वबैंकका अनुसार बेरोजगारी बढ्दा समाजमा विभिन्न विकृति फैलदैँ जाने छ
। यी सबै समस्याको समाधान गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने
प्रतिवेदनमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment