Thursday, September 27, 2012

राष्ट्रपतिले कडा कदम चाल्ने संकेत

असोज, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले राजनीतिक दलका
शीर्षनेताहरुलाई फेरि शीतल निवास बोलाउनुभएको छ । दलहरुले आफ्नो आग्रह
पटक पटक अवज्ञा गरे पनि उहाँले तत्काल सहमतिमा राष्ट्रिय सरकार गठनका
लागि दवाव दिन आइतबार दिउँसो दुई बजेका लागि छलफल डाक्नुभएको खबर नागरिक
दैनिकले छापेको छ ।
यसअघि भदौ ३१ गते शीतल निवासमा प्रमुख चार दललाई राष्ट्रपतिले संविधानको
कुरा छिट्टो टुङ्ग्याउन आग्रह गर्दै, ' नटुंगिए संविधानको पालनाका रुपमा
मेरो पनि जिम्मेवारी छ,' भन्दै दवाव दिनुभएको थियो ।
आइतबारको छलफल पछि राष्ट्रपतिले कडा कदम चाल्ने सकंते मिलेको स्रोतको
दाबी छ । अब पनि सहमति नजुटे अन्तरिम संविधानको धारा ३८ (१) अनुसार
सहमतिको सरकार गठनका लागि राष्ट्रपति अघि सर्ने उनीहरुको भनाई छ ।

No comments:

Post a Comment