Monday, August 13, 2012

बाहिरी शक्तिको चलखेल बढ्दा गणतन्त्र धरापमा : कमल थापा

हेटौँडा, साउन २९ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाह्य शक्तिको बढ्दो चलखेलबाट निर्देशितहुँदा संसदीय गणतन्त्र अहिले धरापमा परेको बताएका छन्। राप्रपा नेपाल हेटौँडा नगरसमितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले सत्तारुढ दल तथा प्रतिपक्षी दललाई संविधान निर्माणका लागि चुनावी माहोल तयार गर्न भने।
संविधानसभाको निर्वाचनबाट नयाँ संविधान मस्यौदाको प्रारुप तयार पार्ने क्रममा छ बुँदे अवधारणापत्रसहित राप्रपा नेपालले सत्तारुढ दल एवम् संसद्भित्र रहेका सबै राजनीतिक दलसँग एक हप्ताभित्र काठमाडौँमा परामर्श गर्ने पनि उनले बताए।
अध्यक्ष थापाले हेटौँडा नगरपालिकाको पूर्वप्रमुख मधुकर अधिकारी राप्रपा नेपालमा प्रवेश गरेकोमा स्वागत गरे।
राप्रपा नेपाल हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजीव पराजुली, महामन्त्री चन्द्रबहादुर गुरुङ, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्ट एवम् हेटौँडा नगरपालिकाका पूर्वप्रमुख मधुकर अधिकारी र पार्टी नेता भीमबहादुर मोक्तानले राजनीतिक निकासका लागि सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।- रासस

No comments:

Post a Comment