Monday, July 16, 2012

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या १७ पुग्यो

धादिङको कृष्णभीरबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
उदयपुरबाट काठमाडौंका लागि छुटेको ना २ ख ४९५१ नम्बरको बस धादिङको धुषा गाविसस्थित कृष्णभीरबाट त्रिशुली नदीमा खसकेा थियो । प्रहरीका अनुसार थप ७ जनाको शव नदीबाट निकालिएको छ । यस अघि दुर्घटनास्थलवाट ६ जनाको शव निकालिएको थियो भने उपचारका लागि काठमाडौं लैजाने क्रममा ४ जनाको ज्यान गएको थियो ।
उदयपुरका २२ बर्षिय छिपनारायण श्रेष्ठ, सिराहाका २८ बर्षिय मोहम्मद कलामुद्धिन शेष, नुवाकोटका नारायण अधिकारी, उदयपुरकै २२ बर्षिय सुरेन्द्र साह र धनुषाका २२ बर्षिय विनोद महराको शव नदीवाट निकालेको हो । ३० बर्ष जतिको एक महिला र एक पुरुषको अझै सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार नुवाकोटका दिपक प्रसाद खनाल, उदयपुरका खोगबहादुर धमला र आर्टीलरी तालिम केन्द्र काठमाडौंका अमलदार सुकबहादुर कार्कीको घटनास्थलमै ज्यान गएको हो । सिन्धुलीका २७ वर्षिय कोशिस घिमिरे, उदयपुरकी २१ वर्षिया रुकु मगर र अन्दाजी ३ वर्षीया एक बालिकाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा ज्यान गएको हो ।
बस नदीमा कोल्टिएर रहेका कारण अझै केही त्यहाँ चेपिएको हुन सक्ने गजुरी प्रहरीको अनुमान छ । उद्धारकार्य अहिले पनि जारी रहेको छ । उद्धारकार्यमा राजमार्ग उद्धार स्वयंसेवकको टोली, नेपाली सेना, जनपथ प्रहरी र शसस्त्र प्रहरीको टोली जुटको छ ।
दुर्घटनामा घाइते भएका मध्ये १३ जनाको सानेपास्थित स्टार हस्पिटलमा र २ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment