Tuesday, October 30, 2012

पाथीभरामा एकै दर्शनार्थीले चढाए दुई लाख नगद

, कार्तिक १३ - प्रसिद्ध धार्मिकस्थल पाथीभरामा काठमाडौंका शिशुपाल
महर्जनले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ चढाएका छन् । पाथीभरा दर्शनका
लागि आएका उनले आइतबार बिहान आफ्नी आमा नक्कली महर्जनको नाममा यति ठूलो
रकम चढाएका हुन् । तीन वर्ष अघि आएका उनले पाथीभरा क्षेत्रमा बस्ने खाने
ठुलो समस्या देखेर धर्मशाला बनाइदिने योजना बनाएका थिए । तर बिचैमा आमाको
देहान्त भएपछि आउन नपाएको र अहिले आएर उत्त रकम चढाएको महर्जनले बताएका
छन् । 'अहिले होटल लजहरू धेरै बनेका रहेछन् त्यसैले अरु कुनै उपलब्धिमूलक
क्षेत्रमा खर्चहोस भनी रकम चढाएको छु' महर्जनले ईकान्तिपुरसँग भने । उनले
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिलाई सम्भव भए
काठमाडौंको पशुपतिमा जस्तो सार्वजनिक धर्मशाला बनाउन सुरु गर्न पनि
अनुरोध गरेका छन् । 'पहिला भन्दा धेरै विकास भएको पाएँ, तर होटल
व्यवसायीले सुविधा भन्दा बढी रकम लिएर ब्रह्मलुट गरेको पाइयो, त्यसैले
सार्वजनिक गेष्टहाउस बने सुविधा हुन्थ्यो भन्ने हो' उनले भने । पाथीभरा
देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले भने उनले चढाएको रकम
त्यही क्षेत्रको विकासमा लगाउने बताएको छ । समिति अध्यक्ष डिल्लीजंग
मादेनका अनुसार अहिलेसम्म एकमुष्ट नगदै धेरै रकम चढाउने सम्भवतः उनी
पहिलो व्यक्ति हुन् । सुन र नगद गरेर भने यसअघि पनि एकैजनाले यो भन्दा
बढी चढाएको समितिको तथ्यांकमा छ । पाथीभरा क्षेत्रमा विद्युतीकरणको काम
भइरहेकाले उनीसँग परामर्स गरेर त्यसमा लगानी गर्ने र नभए आवश्यक कार्यमा
लगानी गर्ने पनि मादेनलेबताएका छन् । पाथीभरामा चढाइएको एक हजारभन्दा बढी
रकमको पुजारीहरूले तुरुन्तै लगत राख्ने र समितिलाई जानकारी गराएका छन् ।
चढाइएको ठूलो रकम भने प्रत्येकदिन माथिल्लो फेदीमा रहेको प्रहरी चौकीमा
ल्याउने गरिएको छ ।
प्रकाशित मिति:

No comments:

Post a Comment