Tuesday, October 16, 2012

'मन्त्रीहरू बीच भ्रष्टाचार गर्ने प्रतिस्पर्धा'

३० असोज, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपती शम्सेर
जवराले वर्तमान सरकारका मन्त्रीहरुबिच कसले धेरै भ्रष्टाचारगर्ने भनेर
प्रतिश्पर्धानै चलेको बताएका छन् । सरकारमा सहभागी एकिकृत नेकपा माओवादी
र मधेशबादी मन्त्रीहरुबिच कसले कति भ्रष्टाचार गर्ने भन्ने होडबाजीनै
चलेको उनको आरोप थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी कास्कीको एकता
अधिवेशनको उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष राणाले भट्टराई
नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । आफैलाई साथ
दिने लडाकुको रकममा खेलवाड गर्ने एमाओवादीले देशलाई केही गर्न नसक्ने
स्पष्ट नै रहेको उनको टिप्पणी थियो ।
ठूला तिन दल र मधेशी मोर्चाको कारण देश अनिर्णयको बन्दी बनेको उल्लेख
गर्दै उनले आफैले घोषणा गरेको मितिमा चुनाव गराउन नसक्ने प्रधानमन्त्री
भट्टराईको नैतिकता सकिएको उल्लेख गरे । मूख्य तीन दल र मद्येशी मोर्चाको
सिन्डिकेटका कारण देश अन्योलताको भूमरीमा फसेको वताउँदै अध्यक्ष राणाले
असोज महिना भित्र सहमति गछौं भन्ने दलका नेताहरू विदेश सयरमा निस्केको
टिप्पणी गरे । उनले दलहरुविच सहमति जुट्न नसके कार्तिक मसान्त पछि देश
चरम आर्थिक संकटमा फस्ने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रय जनशक्ति पार्टी सहअध्यक्ष प्रकाशचन्द्र लोहनी र
राप्रपाका महामन्त्री धुव बहादुर प्रधान लगायतले सम्बोधन गरेका थिए ।
Comments:

No comments:

Post a Comment