Tuesday, March 19, 2013

परीक्षा बिग्रेपछि बिष सेवन

सिरहा, चैत्र ६ - एसएलसी परीक्षा दिंदै आएको माउण्ट एभरेष्ट बोर्डिङ्ग
स्कूल सिरहा परीक्षा केन्द्रका एक छात्राले सोमबार भएको विज्ञान विषयको
परीक्षा बिग्रेपछि बिष सेवन गरेको छ ।
इटाटार कमलपुर घर भई माध्यमिक विद्यालय औरहीका छात्रा सन्जुकुमारी
पासमानले बिष सेवन गरेको हो । पासमानको जिल्ला अस्पताल सिरहामा उपचार
भइरहेको छ । स्थिति सामान्य रहेको चिकित्सकहरुले बताए ।
पासमानले आफूले परीक्षा दिंदै आएको कोठामा परीक्षा अवधीभरी पटक-पटक
अनुगमन गर्न कर्मचारीहरु आउने क्रम जारी रहेकोले 'एक्शपेल्ड' हुने डरले
आउँदै गरेको जवाफ पनि लेख्न नपाएको बताइन् ।
आफू एक्जाम्पटेडबाट दोस्रो पटक परीक्षा दिइरहेको अवस्थामा विज्ञानमा
३०/३५ अंकको जवाफ मात्रै लेख्न सकेपछि तनाव बढेको बताए । सिरहा
सदरमुकाममा डेरा गरी परीक्षा दिंदै आएकी पासमानले यस पटक पनि परीक्षा
अनुर्तिन हुने चिन्ताले पढनै मन नलागेपछि घर गएको तर, घरमा पनि छटपट्टी
लागेपछि मर्नु नै बसे ठानेर बिष सेवन गरेको बताइन् ।
उनको बुबा जटहु पासमानले परीक्षा बिग्रेपछि घर आएकी र बेलुका किराना
सामान ल्याउन आफू भारतको लदनीया जान लागेपछि छोरीले म नै जान्छु भनी
जिद्दी कसेपनि जान दिएको बताए । लदनीयाबाट आएपछि रातिको खाना नै नखाइ
सुकेको तर ,राति १२ बजेपछि वाकवाक गर्न थालेपछि मात्रै आफूहरुले बिष सेवन
गरेको थाहा पाएको बताए ।
उक्त परीक्षा केन्द्रमा सोमवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय
र जिल्ला स्तरका दुई वटा अनुगमन टोली परीक्षा अनुगमन आउँदा परीक्षा अवधी
भरी केन्द्रमा अनुगमन गर्नेहरु आवत जावत कायमै रहेको केन्द्राध्यक्ष
रामसेवक यादवले बताए ।
जिल्लास्थित परीक्षा केन्द्रहरुको परीक्षा कोठामा अनुगमन टोलीका
पदाधिकारीहरुकोअनावश्यक चेकजाँचले परीक्षार्थीहरु निकै दवावमा आई
एक्शपेल्ड हुने डरले आफूले जानेको जवाफ पनि लेख्न नपाइरहेको
परीक्षार्थीहरुले गुनासो पोखे ।
परीक्षार्थी बिनिता कुमारी साहले परीक्षा केन्द्रमा प्रवेश गर्ने समयमा
नै प्रहरीले चेकजाचको नाममा बेइज्जत गर्ने गरेकोले चित दुख्ने गरेको
गुनासो पोखिन् ।
साहले महिला प्रहरीहरुले शरीर चेकजाँच गर्ने क्रममा चारैतिर बाट लोग्ने
मानिस तथा केटाहरु हेरिरहेको अवस्थामा सर्टको माथिको बटन खोल्ने, शरीर
देखिने गरी लुगा हटाउने र गोप्य अंगहरुमा हात हाल्ने गरेको गुनासो पोखे ।

No comments:

Post a Comment