२४ असोज, काठमाडौ । नेकपा–माओवादीको विरोधका कारण हिन्दी तथा विदेशी
चलचित्र प्रदर्शन बन्द गरेका हलहरुले पुन भोलि (बिहीबार)देखि चलचित्र
चलाउने भएका छन् । माओवादीले विदेशी चलचित्र प्रदर्शनमा रोक लगाएपछि
राजधानी लगायतका हलमा नेपाली सिनेमा मात्रै प्रर्दशन हुँदै आएका थिए ।
माओवादीले देशैभरी एक महिना बढी विदेशी चलचित्र रोकलगाउने जनाएपछि नेपाली
सिनेकर्मी र माओवादीबीच भएको छलफलपछि पहिलो १५ दिनमात्रै नेपाली सिनेमा
घरमा विदेशी चलचित्र प्रदर्शन बन्द गर्ने सहमति भएको बताए । उक्त तोकिएको
मिति आज समाप्त भएपछि भोलिबाट विदेशी चलचित्र चलाउन लागेको गोपिकृष्ण हल
स्रोतले जनाएको छ ।
गएको १५ गतेदेखि राजधानी लगायतका नेपाली सिनेमा घरमा विदेशी चलचित्र
चलेका छैनन् । यसबीचमा नेपाली हलमा नेपाली चलचित्र मात्रै प्रदर्शन गरिए
।
बुझिए अनुसार भारतबाट चर्को दबाब आएपछि नेकपा माओवादीले आफ्नो अडान
परिवर्तन गरेको हो ।
Comments:
No comments:
Post a Comment