Wednesday, August 22, 2012

नेपाली सेनाको भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली सेनाले लिएको अधिकृत क्याडेटको भर्ना प्रक्रियातत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
नेपाली सेनाले लिएको सेकेण्ड लेफ्टिनेन्टको परीक्षामा मधेशी समुदायको कोहीपनि उत्तीर्ण नभएकाले भर्ना प्रक्रिया रद्द गर्न माग गर्दै परेको रिटमा न्यायाधीश ताहिर अलि अन्सारीको इजलासले भदौ १७ गतेसम्म भर्ना प्रक्रिया रोक्न र १७ गते सुनुवाईका लागि दुवैपक्षलाई उपस्थित हुन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले यसबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि विपक्षीलाई आदेश दिएको छ ।
सिराहाका राकेश यादवले सेकेण्ड लेफ्टिनेन्टको लिखित परीक्षामा मधेशी समुदायको कोही पनि उत्तिर्ण नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । नेपाली सेनाले गएको चैत १६ गते खुल्लातर्फ ६६ र समावेशीमा १५ जनाका लागि अधिकृत क्याडेटको भर्ना खोलेको थियो ।
अधिकृतको समावेशी र खुला दुवैतर्फ मधेशी समुदायको कसैलेपनि उत्तिर्ण नगरेकाले परीक्षा निष्पक्ष नभएको रिटमा दावी गरिएको छ ।

No comments:

Post a Comment