Wednesday, October 10, 2012

मलेसियालाई रूवाउँदै नेपाल फाइनलमा

२४ असोज, काठमाडौ । युएईमा जारी एसीसी एलिट कप क्रिकेट प्रतियोगितामा
आजको भएको सेमीफाइनल खेलमा मलेसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ
। मलेसियालाई २१ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गर्दै फेरी एकपटक
युएईसँग आफ्नो भेट पक्का गरेको छ ।
२ सय ४२ रनको विजय लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ४५ ओभरको खेलमा
आफ्नो ९ विकेट गुमाउँदै मात्र २ सय २० रनमात्र जोड्न सक्यो । मलेसियाका
लागी सुहान कुमाले ४३ रन र सफीक सरिफले ४२ रन जोडेका थिए । यस्तै, फैजल
अबु हसनले ३३ रन, अहमदले २९ रन, दुरानीले २३ रन जोडेका थिए भने सुहारिल
फेत्री अविजित १७ रन जोडेका थिए । यता नेपालका लागि पृथु बास्कोटाले ३
विकेट लिएका थिए भने शक्ति गौचनले २ विकेट लिएका थिए । यस्तै अमृत
भट्टराईले घाइते हुनुअघि १ विकेट लिएका थिए । साथै पारस खड्का, बसन्त
रेग्मी, भुवन कार्कीले समान १-१ विकेट लिएका थिए ।
नेपालले निर्धारित ४५ ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै २ सय ४१ रनको
योगफल तयार गरेको थियो । नेपालका लागी पारस खड्काले सर्वाधिक ८९ रन
जोडेका थिए । यस्तै, शरद भेस्वाकरले ३७ रन, ज्ञानेन्द्र मल्लले ३४ रन,
पृथु बास्कोटाले ३४ रन, जोडेका थिए । प्रदिप ऐरेले रन आउट हुनुअघि ११ रन
जोडेका थिए भने प्रारम्भिक ब्याट्स्म्यान सुवास खकुरेलले ३ र अनिल
मण्डलले ८ रन जोडेका थिए । यस्तै, बसन्त रेग्मीले १ रन, शक्ति गौचनले ५
रन र अमृत भट्टराईले ४ रन जोडेका थिए । मलेसियाका लागी नजरिल रहमानले ४
विकेट लिएका थिए भने दुरानी, फराक हकिमिन र अनवर रहमानले समान १-१ विकेट
लिएका थिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भएका छन् ।
पराजित भएपछी मलेसियाका खेलाडी मलिनो अनुहार लिएर मैदानबाट फर्केका थिए ।
खेलमा नेपालले मलेसियालाई ब्याटिङ तथा बलिङमा निकै दवावमा राखेको थियो ।
नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै ह्याट्रिक समेत पूरा गरेको
छ। नेपालले सेमिफाइनलमामलेसियालाई यसअघि पनि दुई पटक पराजित गरिसकेको
थियो।
नेपालले अब फाइनलमा युएईसँग भिड्ने भएको छ । आज भएको अर्को फाइनल खेलमा
अपगानिस्तानलाई नमिठो पराजय चखाउँदै युएई फाइनल प्रवेश गरेको हो । युएईले
अफगानिस्तानलाई ७० रनमा अलआउट गरेको थियो भने आफूलेपाएको ७१ रनको लक्ष्य
मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।
फाइनल खेल शुक्रबार हुनेछ ।

No comments:

Post a Comment