२५ असोज, काठमाडौ । काठमाडौको न्युरोडमा रहेको ई-स्पट नेपालले अमेरिका
पठाउने डाईभर्सिटी भिसा चिट्ठा (डीभी) भर्ने नाममा उपभोक्ताबाट चर्को
शुल्क असुल गरेको पाइएको छ । वाणिज्य विभागले बुधबार गरेको स्थलगत
अनुगमनका क्रममा चर्को असुली गरेको पाइएको हो ।
अनुगमनमा ई-स्पटको बदमासी भेटेपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको
छ । उपभोक्ता ठगेको उजुरीको आधारमा बुधबार वाणिज्यको टोलीले छापा मारेर
ई-स्पटलाई तीनदिन भित्र विभागमा हाजिर हुन निर्देशन दिएको छ ।
डीभी भर्ने नाममा उपभोक्ताबाट प्रतिव्यक्ति चारसय रुपैयाँ असुल्दै आएको
अनुगमनका क्रममा फेला परेपछि कारबाही प्रक्रिया अघि बढाएको विभागका
निर्देशक प्रेमबहादुर पौडेललेजानकारी दिनुभयो ।
प्रचलित दस्तुर भन्दा बढी शुल्क लिई कालोबजारी गरेको देखिएकाले विभागमा
तिन दिन भित्र हाजिर भनेका छौँ,' पौडेले भने । बढी शुल्क लिएको पृष्टी भई
इ-स्पटलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने उनले बताए ।
अमेरिकाले डीभी भर्न कुनै शुल्क नलाग्ने बताए पनि नेपालस्थित विभिन्न
कम्प्युटरइन्टिच्युट र कन्सल्टेन्सीहरूले ५० देखि पाँचसय रुपैयाँसम्म रकम
असुल्दै आएका छन् । ई-स्पटलाई कालोबजारी ऐन अन्तर्गत कारबाही हुने खबर
राजधानी दैनिकले छापेको छ ।
No comments:
Post a Comment