Saturday, December 1, 2012

कोरिया दूतावासमा श्रमिकका गुनासा राख्न गाह्रो

सउल, कोरिया, 'कोरिया आएको छ महिना भयो, साहुले समयमा तलब पनिदिँदैन,
सँगै काम गर्ने कोरियनले दुई पटक पिटिसक्यो, निहुँ केही चाहिँदैन,
एक्कासि छिटो कामगर भन्दै मुक्का हान्छ,गरेको काम पनि झनै बिग्रने डर ।
एक मनले त घर फर्कौकी भनेर सोँच्छु तर छोरो कोरिया गएको छ अब त केही गर्छ
होला भन्ने परिवारको सपना सम्झेर थचक्क हुन्छु ।"ललितपुर भट्टेडाँडा २ का
राम दुलाल आफ्नो दुखेसो यसरि सुनाउँछन । दुलाल आफू कोरियामा साह्रै पीडित
भएको र आफ्ना कुरा सुन्ने निकाय नहुँदा मानसिक तनावमा रहनु पेरको बताउँछन
।नेपाली दूतावास कोरियामा सम्पर्क गर्दा कोरियन मात्र बोल्ने मानिस
भएकोले त्यस निकायबाट सहयोगको आशा मरेको दुलालको भनाई छ । हप्तामा एकदिन
आइतबार बिदा मिल्छ त्यो दिन दूतावास बन्द हुन्छ अनि कसरि आफ्ना समस्या
सुनाउने ? दुलाल गुनासो गर्छन् ।
झापा जलथलका राम सुब्बाको पिडा उस्तै छ । फलाम कम्पनीमा १० महिनाअघि
रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया आएका सुब्बा न्यूनतम तलबबाट पनि
बन्चित छन् । किन हामीलाई बेसिक तलब पनि नदिएको भन्दा तँलाई नेपाल फर्कन
मन छ भन्दै हप्काउने गरेको सुब्बा बताउँछन। दूतावासमा उपनियोग प्रमुख
राजाराम वर्तौलालाई सम्पर्क गर्दा कुनै सुनवाई नभएको उनको तितो अनुभव छ ।
"मैले वर्तौला सरलाई तीन पटक सम्पर्क गरेँ, अन्तिम पटकमा उनले भने- हामी
अरुनै काममा व्यस्त छौ तपाईँ आफ्ना कुरा यही आएर टिपाउनु होस ।' सुब्बाले
सुनाए-आइतबार मात्र हाम्रो बिदा हुन्छ अनि त्यो दिन दूतावास बन्द हुन्छ
नि भन्दा त्यो तपाईँको समस्या हो भन्ने जवाफ दिए ।'
दुलाल र सुब्बा मात्र होइन कोरियामा कम्पनी साहुबाट पीडितनेपालीहरूले
आफ्ना समस्या कोरियास्थित नेपाली दूतावासमा खुलेर राख्न सक्ने अवस्था छैन
। पूर्व राजदूत कमलप्रसादकोइरालाका पालामा राखिएका भाषा अनुवादक दावा
शेर्पाले उपनियोग प्रमुख राजाराम वर्तौलाको चर्को दबाब र तानाशाहि
प्रबृत्तिले काम गर्न नसकेको सार्वजनिक अभिव्यक्तिसहित राजीनामा दिएपछि
अहिले उक्त स्थान खालि रहेको छ । जसको पद पुर्तिका लागिखुतावासले कुनै
पहल गरेको छैन भने यसको प्रत्क्षय मार भने नेपाली श्रमिकलाई पर्न गएको छ
। कोरियाका नेपाली श्रमिकहरुले खुलेर समस्या राख्ने र दुख पोख्ने ठाउँ
नहुँदा मानसिक तनावमा बस्नु परेको पिडितहरुलेबताएका छन् ।
यसैगरी कोरियामा रहेका नेपालीहरूले आइतबार दूतावास खुला राखिदिन अनुरोध
गरेका छन् । कोरियाको श्रमनीति कडा भएकाले अन्य दिन कम्पनी छोडेर कतै जान
नपनईने हुँदा आफ्ना समस्या राख्न कठिन भएको पिडितहरुले बताउँदै आए पनि
दूतावास भने हालसम्म मौन छ । कोरियामा रहेका अन्य देशका दुतावासहरुले
आफ्ना श्रमिकका समस्या सुन्नका लागि आइतबार पनि कार्यलय खुल्ला राख्दै
आएका छन् भने नेपाली दूतावास बन्द रहन्छ ।
source Dainikpatrika.com

No comments:

Post a Comment