Wednesday, October 10, 2012

प्रेमीसँग भेट्न गएको भन्दै बहिनीको हत्या

२४ असोज, एजेन्सी । नयाँ दिल्लीको मन्दावालीमा एक किशोरले राती परिवारलाई
खबर नै नगरी प्रेमीलाई भेट्न गएको रिसमा आफ्नै बहिनीको हत्या गरेका छन् ।
१८ वर्षीय सुजितले १७ वर्षीय बहिनी लक्ष्मी शर्माको हत्या गरेका हुन् ।
११ कक्षामा पढ्दै गरेकी लक्ष्मी गत सोमबार राती १० बजेतिर आफ्नो प्रेमी
२२ वर्षीय अङ्कितलाई भेट्नका लागी परिवारलाई खबरै नगरि पुगेकी थिइन् ।
अङ्कितको परिवारले लक्ष्मी उनीहरुको घरमा आएको र उनलाई लिएर जान
लक्ष्मीका परिवार फोन गरेर बोलाएपछी लक्ष्मीलाई लिएर फर्कने क्रममा आफ्नो
होस गुमाएका उनका दाई सुजितले बहिनीको हत्या गरेका हुन् । लक्ष्मीलाई लिन
सुजितसँगै उनका बाबु राम कुमार शर्मा, हजुरआमा अन्य परिवारका सदस्य पनि
गएका थिए ।
लक्ष्मी र अंकितबिच विगत ६ महिनादेखी प्रेम रहेको थियो तर अंकितको
परिवारले लक्ष्मीलाई स्विकार्न नसक्ने बताए पछि अंकितले भने लक्ष्मीलाई
आफूबाट टाढा रहन आग्रह गरेका थिए । यता लक्ष्मी भने अंकितलाईनछोड्ने
पक्षमा थिइन् र उनी बारम्बार अंकित कहाँ जाने गर्थिन् । लक्ष्मीको
अंकितसँग आफ्नै घरमा भेट भएको थियो । अंकित लक्ष्मीको घरमा डेरामा बस्न
आएका थिए । यसैक्रममा उनीहरुको प्रेम प्रसंग सुरू भएको थियो । अंकितको
परिवारले लक्ष्मीलाई छाड्न अंकितलाई आग्रह गरेपची अंतिकले परिवार विरूद्ध
आफू जान नसक्ने बताउँदै लक्ष्मीलाई आफूलाई बिर्सीदिन आग्रह गरेका थिए ।
यस्तै अंकित र उनको परिवार त्यहाँबाट डेरा सरेर केही परको घरमा बस्दै
आएको थियो तर लक्ष्मी भने अंकितलाई भेट्नका लागी त्यहाँ गइरहन्थिन् ।
सुजितको प्रहारबाट घाइते भएकी लक्ष्मीलाई उनका परिवारले नजिकैको अस्पताल
लगेका थिए तर उनलाई अस्पताल लगेको ३ घन्टापछी उनको मृ्त्यु भयो ।
त्यहाँबाट कसैले घटनाबारे प्रहरीलाई जानकारी दिएको थियो घटनाबारे थाहा
पाएपछी प्रहरी त्यहाँ आइपुग्यो र परिवारका सदस्यसँग सोधपुछ गर्यो ।
सोधपुध पछी शवलाइ पोष्मार्टमका लागी पठाइएको छ भने सुजितलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
Comments:

No comments:

Post a Comment