Thursday, December 27, 2012

कार्यालयमा नबस्ने गाविस सचिवको तलब, ग्रेड र बढुवा रोक्का हुने

१२ पुस, काठमाण्डौं । सरकारले कार्यक्षेत्र छाडेर सदरमुकाम बस्ने गाविस
सचिवहरुलाई विभागीय कारबाही गर्ने भएको छ ।
बिहान १० देखि ५ बजेसम्म कार्यालयमै बसेर जनतालाई सेवा उपलब्ध
गराउनुपर्ने भन्दै सरकारले दायित्वबाट पन्छदै आएका त्यस्ता सचिवहरुलाई
कारबाहीको दायरामा ल्याउन खोजिएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलेपछिल्लो निर्देशन पालना
नगर्ने सचिवमाथि कारबाही गर्न मातहतका सबै कार्यालयलाई निर्देशनसमेत
दिइसकेको छ ।
'गाविस सचिवहरुलाई कार्यालयमै बसेर काम गर्न निर्देशन दिइएको छ,'
मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले भने,'निर्देशन उलंघन गर्नेमाथि
तत्काल विभागीय कारबाही गरिनेछ ।'
मन्त्रालयका सहायक प्रवक्ता प्रेमकुमार श्रेष्ठका अनुसार विभागीय कारबाही
अन्तर्गत पहिलो पटक गाविस सचिवहरुलाई सचेत गराईन्छ । त्यसबाट नसुधि्रए
आचरणविपरीत काम गरेको ठहर गरी दुई बर्षसम्म तलब र दुई ग्रेड बढुवा
मुल्यांक रोक्का गरिने र तेस्रो चरणमा तलबसहित पाँच ग्रेड रोक्का गरिने
छ, राजधानी दैनिकमा खबर छ ।

No comments:

Post a Comment