Friday, October 12, 2012

झडपमा परी ८७ जना प्रहरीको मृत्यु

२६ असोज, एजेन्सी (दमासकस) । सिरियामा विद्रोही र सैनिकबीच भएको झडपमा ८७
जना सैनिकको मृत्यु भएको छ । देशभर भएको हिंसामा २१० व्यक्तिको मृत्यु
भएको जसमा ६४ विद्रोही, ५८ सर्वसाधारण र ८७ सैनिक रहेका सिरियन
अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । सिरियाको उत्तरपूर्वी
प्रान्तमा इदलिबमा मात्र हिजो ३६ सैनिकको मृत्यु भएको समाचार छ ।
सिरियाको मैरेट अल नुमानमा मात्र गत तीन दिनभित्र करिब तीनसय व्यक्तिको
मृत्यु भएको विद्रोहीका प्रवक्ता फिरोज अब्दुल हादीले बताएका छन् ।
करिब २० महिनादेखि आन्दोलन जारी रहेको सिरियामा सरकार विरोधी आन्दोलनका
रुपमा सुरु भएको सिरियाली सङ्घर्ष हाल आएर भने गृहयुद्धका रुपमा परिणत
भएको छ ।यस गृहयुद्धमा सिरिया रटर्कीबीच पनि तनाब उत्पन्न भएको छ ।
सुरुमा शान्तिपूर्ण आन्दोलन हुने र यसरी विरोधमा उत्रिएका नागरिकलाई
सरकारी सेनाले नराम्रोसँग दमन गर्ने हुँदा अहिले त्यहाँका
आन्दोलनकारीहरुले पनि बन्दुक बोकेका छन् । सिरियाका राष्ट्रपति बसार
अल असादको राजिनामा मागगरी सुरु भएको सो आन्दोलनमा नागरिकले गर्ने गरेका
शन्तिपूर्ण जुलुस प्रदर्शनमा पनि सरकारले गोलाबारुदले दबाउने
प्रयासलाईजारी नै राखेपछि विद्रोहीले पनि बन्दुक भित्र्याएका छन् ।
सिरियामा गतवर्ष मार्च महिनामा सरकारविरोधी विद्रोह सुरु भएपछि हालम्म ३१
हजार व्यक्तिको मृत्यु भइसकेको जानकारी मानवअधिकारवादी संस्था सिरियन
अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । रासस/एएफपी

No comments:

Post a Comment