Friday, October 12, 2012

सात जनाद्धारा १५ बर्षिया बालिका बलात्कृत,प्रहरी हेरेको हेर्रे

२६ असोज,लमजुङ ।दक्षिणी लमजुङको रम्घा ५ दुईपिप्लेमा एक १५ बर्षिया
बालिका बलात्कृत भएकी छिन् । उनलाई घर नजिकैको खेतमा स्थानिय ७ जना
युवाहरुको समुहले बलत्कार गरेको जनाईएको छ । भैरवकाली उच्च मावि कक्षा ९
मा अध्ययन गर्ने सुशिला श्रेष्ठ नाम परिवर्तन बालिकालाई साँझ घर भन्दा
केही तल खेतमा लगेर बलात्कृत भएकी थिईन् । सामुहिक बलात्कार पछि बेहोस
अवस्थामा रहेकी बालिका २४ घण्टा पछि मात्र फेला परेको स्थानिय ओमविर
गुरुङले बताएका छन् । बेहोस अवस्थामा फेला परेकी उक्त बालिकालाई उनका
परिवारले पश्चिमाञ्चल क्षेत्रिय गण्डकी अस्पताल पोखरामा उपचार गराएका थिए
। उपचारका क्रममा चिकित्सकहरुलेबालिका सामुहिक रुपमा बलात्कृत भएको
प्रमाणित गरेको छ । गाउँमा बालिका बलात्कृत भएको थाहा पाएर पनि दुईपिप्ले
स्थित अस्थाई प्रहरी विटले केही पनि गर्न नसकेको जनाईएको छ।
यस विषयमा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक शुशिल कुमार
यादबले प्रहरी कर्यालयमा निवेदन नआई अनुसन्धान अघि बढाउन नसकिने बताए ।
बालिका अध्ययन गर्ने भैरवकाली उच्च माविका प्रअ अशोक कुमार झाले घटनाका
विषयमा आफुले जानकारी लिईरहेको बताए । उनले परिवारसँगको सहकार्यमा कानुनी
उपचारका लागी विद्यालय तत्पर रहेको जानकारी दिएका छन् ।
उता परिवारले पनि अपराधीलाई कारबाहीको लागी प्रहरीलाई उजुरी दिएका छ्रनन्
। बलात्कार गर्ने अपराधिक व्यक्तिहरुको डरका कारण उजुरी दिन नसकेको
परिवार श्रोतले जनाएको छ । बालिकाको ठुलोबुवा समेत रहेको भैरवकाली उच्च
माविका शिक्षक बलबहादुर श्रेष्ठले भने आफुहरुले उजुरी दिने तयारी
गरिरहेको बताए ।

No comments:

Post a Comment