Saturday, October 20, 2012

२५ थान सकेट बम फेला

गुलरिया, कार्तिक ४ - बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको
तरङ्गा-७ हर्रेकाँडामा २५ थान सकेट बम फेला परेको छ ।
नियमित गश्तिका क्रममा निकुञ्जका कर्मचारी र सुरक्षाका लागि तैनाथ नेपाली
सेनाले उक्त बम फेला पारेको निकुञ्जले जनाएकाछन् । ससस्त्र द्धन्दका समय
माओवादीले उक्त सकेट बम बोरामा लुकाई छिपाई राखेको आशंका सुरक्षाकर्मीले
गरेका छन् । निकुञ्जमा तैनाथ सेनाका गणपति ईश्वर थापाले बम निस्कि्रय
पार्न केन्द्रमा पत्रचार गरि सकेको जनाए ।

No comments:

Post a Comment