Saturday, October 20, 2012

राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने दल राष्ट्रका अपराधी: निधि

४ कार्तिक, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र
निधिले राष्ट्रलाई अनिर्णयको बन्दी बनाउने दल राष्ट्रका अपराधी भएको
धारणा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा शनिबार आयोजित
कार्यक्रममा उनले मधेसी मोर्चा मधेसमा संघीय शासनका लागि उन्मुख नभई मधेस
र मुलुकमै माओवादी शासन लाद्ने कार्यको मतियार बनेको आरोप लगाए ।
राज्यका सबै अंगलाई धरासायी बनाउने वर्तमान सरकार दिशाहीन बनेको छ भन्दै
उनले राजनीतिक गतिरोध अन्त्यका लागि संविधानसभाको पुनःस्थापना अथवा नयाँ
निर्वाचन दुई विकल्पमध्ये एउटालाई रोज्नु आवश्यक भएको बताए ।
उनले वर्तमान सरकार हरेक कुरामा अयोग्य सावित भइसकेकाले नयाँ
प्रधानमन्त्रीको नियुक्ति हुनुपर्ने र उनैको नेतृत्वमा चुनावी सरकार गठन
गरिनु पर्ने धारणासमेत राखे ।
शाखा सभापति प्रवीण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली
कांग्रेसका केन्द्रीय सदस्य मीनाक्षी झा, पूर्वसभासद् रामसरोज यादव र
नेपाली पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य हिमांशु चौधरीलगायतले
नेताहरुमा नैतिकता गुम्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । रासस

No comments:

Post a Comment