Sunday, August 26, 2012

यूएईमा व्लड क्यान्सरबाट नेपालीको मृत्यु

यूएई, भाद्र १० - स्याङ्गजा वालिङ्गका पूर्णबहादुर रानाको शनिबार बिहान दुवईको अल रसीद अस्पतालमा व्लड क्यान्सरबाट मृत्यु भएको छ । विगत ५ बषदेखि यूएईमा र २ बर्षदेखि अलसाय ग्रुफ अफ कम्पनी यूएईमा कार्यरत राना गत केही महिना यताबाट ब्लड क्यान्सरले पीडित थिए । उपचारको क्रममा आफूलाई अलि ठिक भएको भन्दै ४ महिना अगाढि २ महिनाको छुट्टिमा नेपाल गएका थिए । छुट्टिपछि राना लगत्तै यूएई आएर कम्पनीमा काम गरे ।
छुट्टीबाट फर्केर आएपछि फेरी उनलाई रोगले च्यापेर अल रसिद अस्पतालमा जाँच्न गएका थिए । सुरुमा त अस्पतालले उनको रोगको बारेमा उपचार सम्भव नभएको भन्दै चेकअप गर्न मानेको थिएन । तर, राना जबरजस्ती उपचार गराउन बाध्य भएका थिए । उनकोउपचारकोलागि अन्य संघ सस्था तथा व्यक्तिहरुले पनि सहयोग गर्दै आएका थिए । कम्पनीको तर्फबाट पनिउपचारको खर्च ब्यहोरी रहेको थियो । गत केही महिनापहिला उनको सहयोगको लागि एनआरएनए एनसीसी यूएईको सम्योजकत्वमा यूएईका विभिन्न संघ संस्थाहरुले करिव १ लाख नेपाली रुपैयाँ सहयोग स्वरुप रानाको परिवारलाई प्रदान गरेका थिए ।
आर्थिक अवस्थामा पनि कमजोर रहेका उनको नेपालमा श्रीमती सहित १ छोरी रहका रहेछन् । कम्पनीले लामोसमय उपचारमा खर्च गरिरहेको हुनाले र अलसाय ग्रुप अफ कम्पनीको दुवईमा मेडीकल ईन्सुरेन्स नभएको हुनाले उनले पाउनु पर्ने ईन्सुरेन्स रकम पाउने छैनन् । सकेसम्म कम्पनीबाट केही मात्रमा रकम उपलब्ध गराउने प्रयास गर्ने उक्त कम्पनीमा कार्यरत तथा समाजसेवी विदुर राउतले बताए । छुट्टिमा नेपाल गएको बेलामा घर बनाउन बैंकबाट भर्खरै रिन पनि लिएको थाहा हुन आएको छ । उनको शवलाई नेपाल पठाउने प्रकृया थालिएको र छिट्टै पठाइने पनि राउतले बताए । यूएईमा रहेका सम्पूर्ण संघ सस्थका पदाधिकारीहरुलाई उनको परिवारलाई आर्थिक सहयोगकोलागि अपिल पनि गरिएको एनआरएनए एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाले बताए ।

No comments:

Post a Comment