काठमाडौं, आश्विन २७ - एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले यो साता
संविधानसभा पुनस्र्थापनाका लागि अघि सारेको प्रस्ताव राजनीतिक निकासका
लागि भन्दा पनि 'अडान फेर्ने र पूर्व सहमति तोड्ने' पुरानै श्रृंखलाकै
रुपमा विपक्षीले बुझेका छन् ।
एक महिनाअघि सेना समायोजन बिषेश समितिको सचिवालयमा बसेको बैठकमा दाहालले
नै नयाँ निर्वाचनामा जाने औपचारिक प्रस्ताव ल्याएका थिए । उक्त
प्रस्तावमा सबैले सहमति जनाई चुनावमा जानका लागि सहमतिको सरकार बनाउन
केन्दि्रत हुने समझदारी गरेका थिए । त्यसको एक साता नबित्दै दाहालले
पुनस्र्थापनाको कुरा उठाए ।
संविधानका बिषयमा सहमति गरेर पुनस्र्थापना गर्ने उनको प्रस्ताव थियो । तर
यो साता उनलेत्यो भन्दा पनि फरक अर्को प्रस्ताव ल्याए- विवादित बिषय थाती
राखेर भए पनि संविधानसभा पुनस्र्थापना गरी संविधान जारी गर्ने । यसलाई
विपक्षीदलहरुले कुरा फेर्ने र सत्तामा आफ्नो आयू लम्बाइरहने रणनीतिको
रुपमा बुझेका छन् । तरदाहालको प्रस्तावले 'प्रधानमन्त्रीको लोभ'का कारण
काग्रेसमा केही नेता दोधार देखिएका छन् । बरिष्ठ नेता शेरबहादुर देउवा र
उपसभापति रामचन्द्र पौडेल पुनस्र्थापनापछाडि कुदेका छन् । सभापति सुशिल
कोइरालाले भने पूर्व सहमति अनुसार चुनावकै एजेण्डालाई छोडेका छैनन् ।
तर, पार्टीभित्र त्यसलाई निर्णयमालैजान भने उनले सकेका छैनन । अर्को
प्रमुख विपक्षी एमालेमा भने दाहालको प्रस्तावप्रति काग्रेसको भन्दा केही
स्पष्ट धारणा छ । चुनावमा जाने औपचारिक निर्णय गरिसकेकाले त्यसलाई नै
एमालेले पहिलो प्राथमिकतामा राखेको छ । पुनस्र्थापनाले निकास नदिने उसको
अडान फेरिएको छैन । तर दाहालको प्रस्तावले भने उसलाई पनि तरंगित भने
पारेको छ । विवादित बिषय थाती राखेर संविधान जारी गर्ने दाहालको पछिल्लो
प्रस्तावमाथि एमालेले 'उचित कारण' मागेको छ ।
'जेठ १४ गते हामीले यही कुरागर्दा चाही हुदैन भन्ने र अहिले फेरी
विवादित बिषय थाँती राखेर संविधान जारी गरौ भन्ने' एमाले सचिव विष्णु
पौडेलले भने,'के कारणले पहिले प्रचण्डजीले हाम्रो प्रस्ताव मान्नु भएन र
अहिले आफै त्यो प्रस्ताव लिएर आउनुहुन्छ त्यसको चित्तबुझ्दो कारण चाहिन्छ
।' उनका अनुसार संविधानका सबै बिषयहरुमा सहमति हुने हो भने संविधान घोषणा
गर्ने प्रयोजनका लागि एमाले पुनस्र्थापनाको बाधक बन्दैन । 'प्रचण्डजीको
हरेक दिन र घण्टामा फरक फरक कुरा हुन्छन्'सचिव पौडेलले भने,'हरेक
नेताहरुसंग कुरा गर्दा फरक-फरक धारणा आउछ, यसको अर्थ समय लम्बाउने मात्र
हो ।' लिखित सहमतिहरु नै उलंघन गरेको उदाहरण भएकाले दाहलका मौखिक
प्रस्तावहरुको धेरै अर्थ नरहेको उनको भनाई थियो । 'जेठ २ गतेको लिखित
सहमति उलंघन नगरिदिएको भए संविधान आउने थियो' पौडेलले भने,'पहिले त्यो
सहमति उलघन गर्नुभयो अहिले फेरी त्यही कुरा लिएर आउनुहुन्छ ।'
कांग्रेस नेता शेखर कोइराला कहिले निर्वाचत त कहिले पुर्नस्थापना भनेर
माओवादी अध्यक्ष दाहालले सत्ता लम्बाउन खोजेको बताउँछन । यो बुझ्दाबुझ्दै
पनि विपक्षीले समेत स्पष्ट रोडम्याप बनाउन नसकी दाहालकै प्रतिक्रियामा
रुमल्लिदा अन्यौल बढेको उनको ठम्याई छ ।
'पुर्नस्थापना भएपछि कांग्रेसले नेतृत्व पाउछ भन्ने कुनै ग्यारेन्टी
छैन । पुर्नस्थापना हुनसाथ राजनीतिकसहमती कार्यन्वयन नहुनसक्छ ।
त्यतिबेला कांग्रेसले भन्दा प्रचण्डनै प्रधानमन्त्री बन्नसक्ने संभावना
बढेर जान्छ' कोइरालाले भने, 'पुर्नस्थापनाको एजेण्डा प्रचण्डको हो । उनले
जे भन्छन, त्यसैको चौतर्फी हाम्रो नेतृत्व घुम्न थाल्यो । स्पष्ट
दृष्टिकोण दिन नसक्दा अन्यौल झनै बढ्दो छ ।'
दुई नेताको प्रधानमन्त्रीकै लोभले कांग्रेस अनिर्णयको बन्दी बनेको छ ।
एमालेले प्रधानमन्त्रीमा आफ्नो मोह देखाएको छैन । यसअघि काग्रेसलाई नै
औपचारिक रुपमा सत्ताको नेतृत्व लिन प्रस्ताव गरिसकेको छ ।
गत असोज २ मा माओवादी अध्यक्ष दाहालले तीन दल र मोर्चाले सहमती गर्दैमा
अन्य सभासदले नमान्न सक्ने कारण देखाउदै निर्वाचनको प्रस्ताव गरेका थिए ।
दलहरुबीच त्यसैमा सहमती भयो । कांग्रेस पदाधिकारी बैठकले समेत निर्वाचनको
निर्णय गर्यो । निर्वाचनको प्रकृया र पद्दतीमा सहमती हुन नसकेपछि
माओवादी अध्यक्ष दाहालले पुर्नस्थापनाको मुद्दालाई पुनः व्यूताए ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संविधानलाई भन्दा सत्ता लिप्सामा नै
नेतृत्वतह फस्दा पार्टीले अवसर र जिम्मेबारी गुमाउदै गएको बताए ।
'प्रधानमन्त्री हामीले के संग साटेर ल्याउने ? उनी भन्छन,' लोकतान्त्रिक
संविधान, पार्टीको आदर्श र जनआकाक्षा संग साटिएको प्रधानमन्त्री हामीलाई
चाहिदैन ।' उनका अनुसार कांग्रेसले लोकतान्त्रिक संविधान बनाउने सर्तमा
माओवादीलाई सरकारको नेतृत्व दिदा केही फरक नपर्ने बताए । 'प्रचण्डको असली
एजेण्डानै निर्वाचन नभएर पुर्नस्थापना हो । पुर्नस्थापना हुँदा
प्रचण्डलाई बाहेक अरुलाई कुनै फाईदा छैन' थापाले भने,'नेतृत्वले यतिबेला
प्रधानमन्त्रीको लोभ नगरेर निर्वाचनको बाटोबाट निकास खोज्नुपर्छ ।'
अर्का केन्द्रीय सदस्य प्रकाशरण महत नेतृत्वमा क्षमता र दृरदृष्टिकोणको
अभाव रहेकाले कांग्रेस अहिले अनिर्णयको बन्दी हुनुपरेको बताए । 'सामूहिक
नेतृत्वको भावना पनि छैन । नेतृत्वसंग क्षमता र दृरदृष्टिपनि छैन' महतले
थपे,'जसले पार्टी माओवादीको रणनीतिमा भासिदै गएको छ ।' केन्द्रीय सदस्य
नविन्द्रराज जोशी भने फरक धारणा राख्छन ।
राष्ट्रिय सहमतीको सरकार बनाई सहमती भएका बिषयलाई समेटेर सविधान जारी
गर्ने र नभएका बिषयलाई निर्वाचनबाट आउने संसदले पुरा गर्ने दिशामा पार्टी
प्रष्ट रहेको बताउछन । 'पुर्नस्थापना या निर्वाचन जेमा सहमती भएपनि आगामी
बैशखामा निर्वाचन गराईसक्नुपर्छ भन्ने कांग्रेसको स्पष्ट अडान छ' उनले
थपे,'बाहिर आएजस्तो कांग्रेस अनिर्णयमा छैन ।'
प्रकाशित मिति: २०६९ आश्विन २७ १२:१४
No comments:
Post a Comment