२५ असोज, सोलुखुम्बु । सरकारले सहुलियत दरमा उपलब्ध गराएको आयोडिनयुक्त
नुनको प्रतिकेजी कति रुपैयाँ पर्ला ? धेरैले अनुमान लगाउँछन् ८, ९ वा १०
रुपैयाँ तर सोलुखुम्बुको छेस्काममा सहुलियत दरको नुनको मूल्य प्रतिकेजी
५५ रुपैयाँ पर्छ ।
जिल्ला सदरमुकामबाट २२ कोष टाढा रहेको छेस्काम गाविसका बासिन्दा
प्रतिकेजी ५५ रुपैयाँमा नुन पाउँदा पनि दङ्ग छन् किनकी त्यहाँका पसलमा
किन्ने हो भने प्रतिकेजी ७५ रुपैयाँ पर्छ । यसभन्दा अगाडि त्यहाँका
बासिन्दाको पहुँचमा सहुलियतको नुन थिएन । "यसपालि त गाउँका सबैले पाएका
छन्, एकदमै खुसी लागेकोछ- छेस्कामका दुर्गा कुलुङले भन्नुभयो ।"
साल्ट ट्रेडिङ कर्पोरेसनले सदरमुकाम सल्लेरीमा प्रतिकेजी ९ रुपैयाँमा नुन
उपलब्ध गराउँदै आएको छ । सल्लेरीबाट छेस्कामसम्म ढुवानी भाडा प्रतिकेजी
४२ रुपैयाँ पर्छ । यस पटक उनीहरुले प्रतिघर १४ केजीका दरले नुन पाएका छन्
। यसअघि त्यहाँका केही अगुवाले सदरमुकाममा आएर गाउँको सबै नुन जिम्मा
लिने र यतै बिक्री गर्ने गरेका थिए । तर यसपटक भने स्थानीय सहकारीले नुनव
बिक्रीको जिम्मा लिएपछि गाउँका सबैले नुन पाएका हुन् ।
त्यस्तै गुदेल गाविसमा पनि स्थानीय सहकारी माध्ययमबाट यस पटकदेखि
सहुलियतको नुन वितरण गर्न थालिएको छ । गुदेलमा प्रतिकेजी ५० रुपैयाँमा
नुन वितरण गरिएको नुन वितरक कितावसिंह कुलुङले बताउनुभयो । रासस
No comments:
Post a Comment