१७ साउन, काठमाण्डौ । उपचारका लागि भन्दै दिल्ली पुगेका एमाले नेता केपी र उनकी निकट सहयोगी तथा उपाध्यक्ष बिद्या भण्डारीले दिल्लीमा नेताहरुलाई भेटेर आफ्ना दुःख सुनाइरहेका छन् ।
उनीहरुले दिल्लीमा सत्तारुढ कांग्रेस आई र प्रतिपक्षी भाजपाका नेताहरुलाई मात्र भेटेनन हालै मात्र राष्ट्रपति निर्वाचित प्रणव मुखर्जीलाई समेत भेटे । ती भेटमा ओली र बिद्याले नेपालसँग कर्मचारीयन्त्रका भरमा मात्र डील नगर्न र राजनीतिक तहमा पनि सम्बाद र सहकार्य गर्न नेताहरुलाई आग्रह गरेका थिए । मधेसमात्र नेपाल हैन त्योभन्दा माथि पहाड र हिमाल पनि छ भन्दै उनले मधेसीलाई मात्र काखी नच्याप्न आग्रह गरेको बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । मधेस देखाएर चीनलाई तर्साउने र जातजाती देखाएर भारतलाई तर्साउने रणनीतिमा नेपालमा पश्चिमाहरुको चलखेल बढिरहेको भन्दै ओलीले त्यसमा सचेत हुन आग्रह गरेका थिए । उनले सोनियालाई भेटन प्रयास प्रयासमा भारत बसाई लम्बाइरहेको समाचारमा उल्लेख छ ।
यसैवीच नेपाल मामिलालाई नजिकबाट बुझेका नेता प्रवण मुखर्जीले अब आफु सेरेमोनियल भूमिकामा पुगेकाले धेरै आशा नगर्न आग्रह गरेका छन् । उनको भनाई उदृत गर्दै जनआस्थाले लेखेको छ- तपाईहरु अहिले अप्ठेरो अबस्थामा हुनुहुन्छ, नेपालको वर्तमान राजनीतिक समस्याले लोकतान्त्रिक दायराभित्रै छिटो निकास पावोस भन्ने चाहान्छु ।’ केपी र बिद्याले मुखर्जीसँग करिव २२ मिनेट कुराकानी गरेका थिए ।
डाँका र हत्यारालाई अब केको डर ?
यसैवीच निर्वाचन आयोगले उम्मेदवारको योग्यतासम्बन्धी पठाएको प्राबधानबाट माओवादी र मधेसबादी आत्तिएको र त्यस्तो प्राबधान हटाएर अध्यादेश तयार पारेको समाचार जनआस्थाले नै छापेको छ । समाचारअनुसार निर्वाचन आयोगले ज्यानमारा, चोरी, डकैती, अपहरण, जर्वरजस्ती करणी, भ्रष्टाचार वा अकुत सम्पत्ति आर्जन, राहदानी दुरुपयोग, लागू औषध कारोवार, कैदबाट भागेको, चोरी निकाशी पैठारीमा संलग्न आदिमा सजाय पाई सो सजाय भुक्तान भएको ६ बर्ष पुरा नभएकोलाई उम्मेदवार बनाउन नपाइने प्राबधान प्रस्ताव गरेको थियो । सरकारले भने त्यो प्राबधान पुरै हटाई अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि राष्ट्रपति समेत असन्तुष्ट भएको समाचारमा उल्लेख छ ।
No comments:
Post a Comment