Friday, September 28, 2012

सुतेकै अवस्थामा मलेसियामा नेपालीको मृत्यु September 28, 2012 प्रवासी खबर

मलेसिया, असोज १२, मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ
। पाल्पा जिल्ला चापपानी गाविस वडा न ४ घर भई मुहारको गि्रसक भन्ने
स्थानमा लिटाको कम्पनीमा कार्यरत रविलाल सारुको शुक्रवार विहान करीव पाँच
वजे तिर ज्यान गएको हो ।
विहिवार रातीको ११ वजे सम्म काम गरेर सुतेका रविलाल शुक्रवार विहान पाँच
वजे तिर कामको लागि साथीहरुले उठाउन खोज्दा सुतेकै अवस्थामा ज्यान गएको
थियो ।
तीन महिना अगाडि मात्रै विराट मेनपावरवाट रोजगारीकोसिलसिलामा रविलाल
मलेसिया आएका थिए । ४१ वर्षिय मृतक रविलालको शवलाई पोर्टमार्टको लागि
नजिकैको अस्पतालमा लगिएको छ । पोर्टमार्टम पछि शवलाई नेपाल पठाईने भएको
कम्पनीले जनाएको छ ।

No comments:

Post a Comment