१३ असोज, राजविराज । सप्तरीको कोचाभखारी निवासी विभादेवी स्वर्णकारलाई
मार्न खोजेको आरोपमा उनका पति रामनारायण स्वर्णकारलाई प्रहरीले गएराति
पक्राउ गरेको छ।
सगरमाथा अञ्चल अस्पताल, राजविराजमा उपचारार्थ भर्ना भएकी रामनारायणकी
कान्छी पत्नी २५ वर्षीया विभादेवीले दिएको उजुरीका आधारमा उनलाई घरबाटै
पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
पति रामनारायणले घाँटी समाती जबर्जस्ती विष खुवाएपछि आफू भागेर राजविराज
आएको र बाटोमा बान्ता गरेको देखेपछि राजविराज-८ बस्ने सोनी मिश्रले
अस्पताल भर्ना गरिदिएको भिवादवीले बताइन्।
घाँटीमा औलाको निलडाम भएको र विषसेवनले अचेत अवस्थामा अस्पताल भर्ना भएकी
विभादेवीको स्वास्थ्य अवस्था सुधार भइरहेको चिकित्सकले बताएका छन्।
पीडितले समयसमयमा आफूलाई पति रामनारायणले मानसिक र शारीरिक यातना दिँदै
आएको आरोप लगाइन्। रासस
Comments:
No comments:
Post a Comment