Friday, September 28, 2012

प्रेमिकालाई पठाएको म्यासेज अरुलाई गएपछी १८ महिना जेल..

१२ असोज,एजेन्सी। एक बेलायती शिक्षकले आफ्नी प्रेमिकालाइ मोवाइलमा
पठाएको म्यासेज झुक्किएर मोवाइल भएका सवै कन्ट्याक्टमा गएपछि पाउनु
सम्मको दुःख पाएका छन।
उनले ब्यालबेरीबाट म्यासेज पठाएका थिए। २४ वर्षिय स्विमङ शिक्षक क्रेग
इभान्से आफ्नी प्रेमीकालाई सेक्स सम्वन्धी म्यासेज पठाएका थिए तर उनले
राम्रोसंग ब्ल्याकबेरी चलाउन नजाने पछी उनको लेखेका सो म्यासेज उनकको
मोवाइलमा भएका सवै फोनहरुमा गयो। जसमा उनकै परिवारका सदस्यहरु समेत सामेल
थिए।
क्रेगको म्यासेजमा सेक्सको लागि प्रेमिकालाई प्रस्ताव गरिएको थियो।
उनको म्याजेस उनकै परिवारका सदस्यहरुको मोवाइलतमा पुग्यो नै ,दुइ १३ र १४
वर्षका दुइ किशोरीहरुको मोइवालमा समेत सो म्यासेज पुग्यो। ती
किशोरीहरुलाई उनी स्विमिङ सिकाउँथे ।
उनलाई अश्लिल सामाग्री पठाएको आरोपमा अदालतले गएको जुलाईमा १८ महिनाको
जेल सजाय सुनाएको थियो।
तर उनले सो म्यासेज भुलवश पठाएको भन्दै अदालतमा याचिक दायर गरेका थिए।
अदालतमा पनि उनले योजना गरेर म्यासेज नपठाएको प्रमाणित भएपछी उनलाई दुइ
दिन अघि जेलबाट रिहा गरिएकोछ।

No comments:

Post a Comment