Friday, September 28, 2012

२० प्रेमीलाई खुसी राख्न चोरी गर्ने महिला पक्राउ

१२ असोज,एजेन्सी। भारतको मम्वइमा प्रहरीले एक युवतीलाई चोरीको आरोपमा
प्रकाउ गरेको छ । रेशमा शेख नाम गरेकी २५ युवती रेलमा सुनका गहना र विशेष
गरि सिक्री चोर्ने गर्दथिइन्।उनका साथमा एक साथी पनि पक्राउ परेकी
थिइन्।
जब प्रकाउ गरेर उनलाई चोरीको कारण सोधियो,त्यतिवेलाप्रहरी पनि दंग पर्यो
। उनले आफ्ना २० प्रेमीलाई खुसी राख्न बाध्यताले चोर्न परेको बताइन्
।उनका अनुसार पैसा नभए उनका प्रेमीहरुले उनीसंग सम्वन्ध तोड्ने डर रहेको
बताइन्।
उनका सवै प्रेमीहरु १७ देखि २० वर्ष उमेरका रहेका छन्।
उनि भीड भएको ठाँउमा सुनको गहना चोरेर भाग्ने गरेकी थिइन्। यसमा उनिसंगै
पक्राउ परेकी अर्की युवतीले सहयोग गर्ने गर्दथिइन्।
प्रहरीले ती महिला विरुद्ध ५० वटा मुद्दा तयार गरेको छ।
रेशमा चोरेको गहना बेचेर आफ्ना प्रेमीहरुलाई महंगा होटेलमा खुवाएर आफ्नो
रवाफ देखाउने गर्दथिइन् ।
Comments:

No comments:

Post a Comment